चितवन । जिल्लाका पुराना वामपन्थी नेता सूर्यबहादुर मास्केको गए राति निधन भएको छ । लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका समस्याबाट बिरामी पर्नुभएकाउहाँको उपचारको क्रममा गए राति चितवन मेडिकल कलेजमा निधन भएको हो । विसं १९९२ मङ्सिरमा भोजपुर जिल्लामा जन्मिनुभएका मास्केले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको हातबाट १८ वर्षको उमेरमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको थियो । २०१६ सालबाट उहाँ चितवनमा बसाइँ सरेर आउनुभएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला नेता तेजेन्द्र खड्काका अनुसार उहाँले विभिन्न आन्दोलनमा महत्वपूर्ण भूमिका निभाउनुभएको छ । लामो समयसम्म उहाँ पार्टीको सल्लाहकारको रुपमा रहँदै आउनुभएको थियो । यससंँगै रेडक्रस र शिक्षा क्षेत्रमा समेत उहांँले योगदान पु¥याउनुभएको थियो । जिल्लाका अधिकांश प्राथमिक सरकारी विद्यालय खोल्न मास्केले योगदान रहेको छ । अहिले ज्येष्ठ कम्युनिष्ट मञ्चको सल्लाहकार रहनुभएका मास्के गोरखामा हुँदा बाल सङ्गठनको जिल्ला सभापति र पछि केन्द्रीय उपाध्यक्ष हुनुभएको थियो । चितवनमा सुस्तःमनस्थिति कल्याण संस्थाको संस्थापक बन्नुभएका उहाँको संलग्नता नेपाल रेडक्रस सोसाइटी, नेत्र ज्योति सङ्घ, लायन्स क्लबलगायतका संस्थामा रहेको छ ।

स्व मास्केका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । कान्छा छोरा अमेरिका भएकाले उहांँ फर्केपछि शनिबार अन्त्येष्टि गरिने भतिजा रोशन मास्केले बताउनु भयो । रासस

सम्बन्धित खबरहरु