लक्ष्मी पुजा तयारी : कहाँ–कहाँ कस्तो डिजाईनका बने आकर्षक रंगोली [४० तस्विर]


काठमाडौँ । नेपालीको दोस्रो महान चाड तिहारको मुख्य दिन आज लक्ष्मी पूजा हरेकका घरमा धुमधामको तयारी चलिरहेको छ । आज तिहारको तेस्रो दिन गाई तिहार अर्थात लक्ष्मी पुजा अझ भनुँ कात्तिक कृष्ण औँसी यमपञ्चकको तेस्रो दिन। आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिएको छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। तिहारमा लक्ष्मीलाई घर भित्र्याउनका लागि घर झिलिमिली बनाएर घर सजाउनुका साथै लक्ष्मी पुजाका दिन आँगनमा रंगोली बनाएर दिप बाल्दै लक्ष्मीलाई घर भित्र्याउने परम्परा रहिआएको छ। अहिले साँझ अधिकांशले रंगोली बनाएर आकर्षक बनाएका छन् । विशेष गरी लक्ष्मी पुजाका दिन, आज आँगनमा रंगोली बनाएर दिप बाल्ने तथा लक्ष्मीका पाइला बनाउँदै लक्ष्मीलाई घर भित्र्याउने गरिन्छ। कसले कस्तो डिजाईनका रंगोली बनाए तस्विरमा हेर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
भर्ना र कक्षा सञ्चालन नभएपनि अब यसरी सदुपयोग हुन्छ शैक्षिक सत्र, यसरी बढ्छ अर्को कक्षा
कोरोना महामारीका कारण रोकिएको परीक्षाबारे त्रिविका परीक्षा नियन्त्रकले पुनः दिए यस्तो बयान
त्रिविले परीक्षा नलिई माथिल्लो सेमेस्टर पढाउने    
कोरोना महामारीका कारण काठमाडौँ विश्वविद्यालय पनि बन्द
परीक्षा बारे त्रिवि बल्ल औपचारिक रुपमा बोल्यो
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...