लक्ष्मी पूजामा जनताको घरमा बत्ती नजाओस् भनेर घरको पूजा छोडेर कुलमान आफै मास्टर स्टेशनमा बसे


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ यतिबेला काठमाडौंको स्युचाटारस्थिति मास्टर स्टेशनमा पुगेका छन् । भारप्रेषण केन्द्रको मास्टर स्टेशनमा आफै बस्न त्यहाँ पुगेका हुन् । त्यहाँ इन्जिनयरहरुलाई स्टेण्डबाई राखेका छन् । लक्ष्मी पूजाको समय देशभरी नै विद्युतको अत्याधिक खपत हुने भएकाले यो समय बत्ति डाउन हुन सक्छ । त्यसको व्यवस्थापनका लागि उनी आफै बसेका हुन् । यसअघि उनले यो दिन बत्ति नजाने बचन दिएका थिए । अहिले उनी त्यहाँ व्यस्त छन् । उनी आज रातभरी नै त्यही बस्नेछन् । घरमा आफ्नो लक्ष्मी पूजा छोडेर जनताको घरमा झिलिमिली बनाउन उनी कडा मेहनत गरिरहेका छन् ।

 

आज नेपालमा सबैभन्दा बढी विजुली माग हुने दिन लक्ष्मीपूजा आजै हो । देशभर आज साँझ बत्ती नकाट्ने योजना सफल बनाउन उनी केन्द्रको मास्टर स्टेसनमा बसेर इन्जिनियरको भूमिका निर्वाह गहरिरहेका छन् । घिसिङले दुईवर्ष अघि लक्ष्मीपूजाकै दिन यही मास्टर स्टेसनमा बसेर काठमाडौंलाई लोडसेडिङमुक्त गर्ने निर्णय गरेका थिए । स्टेसनका इन्जिनियरहरु नै उनको लोडसेडिङ हटाउने संकल्पको साक्षी थिए । आज उनी यिनै इन्जिनियरसँग मिसिएर काम गरिरहेका छन् । सिस्टम सञ्चालन, माग र आपूर्तिको अवस्थालाई उनी आफैं कन्ट्रोल गरिरहेका छन् ।

भारप्रेषण केन्द्र विद्युत प्राधिकरणको मुख्य कन्ट्रोल युनिट हो । यो युनिटमा २२ जना इन्जिनियर छन् । केन्द्रले माग र आपूर्तिको सन्तुलनका लागि व्यवस्थापकीय काम गर्छ । समस्या आएका समयमा प्रबन्ध निर्देशक घिसिङ आफैं पनि यहाँ आइपुग्छन् । कुलमानले भने ‘लक्ष्मी पुजाको दिन देशभर १५ सय मेगावाट बिजुली माग थियो । नपुगेर लाइन काट्नु परेन ।’ यदि थप १ सय मेगावाट विजुली माग भएको भएपनि पुर्‍याउन सकिने कुलमानले बताए । धेरै बिजुली माग हुने चाडपर्वका महत्वपूर्ण दिनमा घिसिङ मास्टर स्टेसनमा बसेर कन्ट्रोलका लागि आइडिया सेयर गर्छन् । आज पनि उनी यही भूमिका निभाइरहेका छन् । यो स्टेसनमा अनलाइनमा आधारित कन्ट्रोल सिस्टम छ, जसमा कहाँ, कुन आयोजनाले कति उत्पादन गरिरहेका छन् भन्ने जानकारी आउँछ ।

निजी आयोजना र प्राधिकरणअन्तर्गतका आयोजनाको उत्पादन अवस्थाबारे ताजा सूचना यही प्रणालीमा निरन्तर आइरहेको हुन्छ । आयोजनाका कुन(कुन जेनेरेटर चलेका छन् या छैनन् भन्नेसम्मका जानकारी यहाँ आउँछ । सँगै कुन आयोजनाबाट उत्पादित बिजुली कुन प्रसारणलाइनमार्फत् कता पठाइएको छ भन्ने जानकारी पनि यही प्रणालीबाट देखिन्छ । यस्तै, कुन अन्तरदेशीय प्रसारण लाइनबाट कति बिजुली आयात भइरहेको छ भन्ने पनि यहाँका प्राविधिकले हेर्न पाउँछन् । कुन सबस्टेसनमार्फत् कति बिजुली माग र आपूर्ति भइरहेको छ भन्ने पनि यही प्रणालीमा हेर्न सकिन्छ ।

यो जानकारी राख्ने मात्रै होइन, मागको अवस्था हेरेर त्यसलाई प्राविधिक रुपले कन्ट्रोल गर्ने ठाउँ पनि हो । अर्थात्, मागअनुसार कुन आयोजना चलाउने–नचलाउने, कुन नाकाबाट बिजुलीको आयात गर्नेरनगर्ने तथा कति परिमाणमा गर्ने भन्नेलगायत निर्णय यही मास्टर स्टेसनका प्राविधिकले गर्छन् । आज उनीहरुलाई कुलमानले साथ दिइरहेका छन् । माग र आपूर्तिलाई सन्तुलनमा राख्न उनीहरुले नै आवश्यक प्राविधिक निर्णयहरु गर्नुपर्छ । कुनै भागमा माग बढेका बेला कुन भागको आपूर्ति कटाउने र मागभन्दा आपूर्ति धेरै भए कहाँबाट घटाउने भन्नेसम्मका निर्णय यहीँबाट गरिन्छ ।

त्यसैले कन्ट्रोलमा बसेका बेला प्राविधिकलाई अतिरिक्त कुरामा ध्यान दिने र अलमलिने छुट छैन । संवेदनशील मानिने विद्युत् प्रणालीको व्यवस्थापनमा उनीहरुले सबस्टेसन र जलविद्युत् आयोजनासँग निरन्तर संवाद गरिरहनुपर्छ । भारप्रेषण केन्द्रमा आज कामको उच्च चाप छ । आजै बिजुलीको उच्च माग हुने हुन्छ । घर(घरमा झिलीमिली बत्ती बाल्न सुरु भइसक्दा मागअनुसार आपूर्ति धान्न ठूलो चुनौति छ । त्यसकै व्यवस्थापनका लागि प्राधिकरणका उच्च अधिकारीहरु पनि मास्टरस्टेशनमा आएका छन् । आज देशभर लोडसेडिङ नगर्ने योजना सफल बनाउन प्राधिकरणको टिम नै लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा नतिजा प्रकाशित : अनलाइन यसरी चेक गर्नुहोस्
यसरी माग गर्नुहोस् शिक्षक अभाव भएका विद्यालयलाई अनुदान शिक्षक दिईने
त्रिविले भर्खरै गर्यो नतिजा सार्वजनिक (अनलाइन यसरी हेर्नुहोस्)
जान्ने बनाउँन तपाईका बच्चालाई यसरी सिकाउनुहोस्
माध्यमिक शिक्षा (कक्षा ९ देखि १२) सम्मको यस्तो पाठ्यक्रम संरचना परिमार्जन
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता