गायिका शोभाले सार्वजनिक गरिन् आफ्नो धड्कन [भिडियोसहित]


ईटहरी । अहिलेको आधुनिक परिवेशमा एउटा गीत निकालेर मात्र गायक–गायिकाले राम्रो स्थान पाउछ भन्ने अवस्था हटिसकेको छ । गीत रेकर्ड गरिसके पछि त्यस्को भिडियो बनाउने प्रचलन पनि अनिवार्य जस्तो भइसकेको छ । यसै क्रममा चर्चाको शिखर चुम्दै गरेका पप गायक आर के खत्री र गायिका शोभा अधिकारीको युगल आवाजमा तिमी मेरो धड्कन बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा पुर्वको रमणीय स्थान, सप्तकोसी तथा काठमाडौका दृश्यहरु कैद गरिएको छ । परिकला मिडिया प्रालीबाट निर्माण भएको उक्त भिडियोमा सुवास संकल्पको निर्देसन, सोम मग्रातीको श्रृङ्गार तथा भुपेन्द्र तुम्बाहाम्फेको छायांकन रहेको छ ।

भिडियोको रोमन्टिक दृश्यहरुमा कलाकार राजबाबु बिसि र सोनु धिमाललाई देख्न सकिन्छ । भिडियो केही समय अघि छायांकन भएको हो । गीतमा गायिका सोभा अधिकारी कै सब्द रहेको छ भने एरेन्ज रिकेश गुरुङको रहेको छ । गायक गायिका दुबैको कम्पोज रहेको उक्त अडियो गीतलाई रियल टाईम नेपालले बजारमा ल्याएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्