काभ्रेमा यात्रुवाहक बस भीरबाट खस्यो, १८ जना घाइते


काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका–५ कोटतेमालस्थित बिहीबार दिउँसो यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काका अनुसार बनेपाबाट नारयणथानका लागि छुटेको बा ४ ख ५८०१ नम्बरको यात्रुवाहक बस सडकबाट ७ मिटर तल खसी दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई अहिले उपचारका लागि धुलिखेल अस्पतालमा पुर्याइएको छ । स्थानीय र प्रहरीको बलमा उनीहरुको उद्धार गरिएको हो । स्थानीय प्रत्यक्षदर्शी सुवास लामाका अनुसार गुडिरहेको बसको पत्ता भाँचिएर घुम्तीको खाल्टोमा परी बस पल्टिएको थियो । सडकबाट पल्टिएको बस रुखमा अड्कीएको अवस्थामा छ । काभ्रेकै विभिन्न स्थानमा पछिल्लो महिना मात्रै तीन वटा दुर्घटना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
प्रबीण तह, स्नातक र स्नातकोत्तरमा पास गर्न नसकेकालाई खुल्यो अन्तिम मौका परीक्षा
त्रिभुवन विश्वविद्यको यस्तो छ स्ववियु निर्वाचनको तयारी
स्नातक दोश्रो बर्षको नतिजा प्रकाशित
कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक [पहिलो दिन अंग्रेजी]
शिक्षक लाइसेन्स बिना पढाउन पाइने
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !