भाईतिहारकाे अघिल्लाेदिन १२ बर्षीया बालिका राजधानीमा सामुहिक बलात्कृत


काठमाडौ । काठमाडौंको कागेश्वरी नगरपालिका मूलपानीस्थित निर्माणाधीन क्रिकेट रंगशालामा एक १२ वर्षीय बालिकाको सामूहिक बलात्कार भएको छ। लक्ष्मीपूजाकाे दिन बुधबार याे घटना भएकाे हाे। प्रहरीका अनुसार तीनजना युवकले गोकर्णेश्वर नगरपालिका घर भएकी ती बालिकालाई निर्माणाधीन रंगशालाकाे एउटा कोठामा बलत्कार गरेका हुन्।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले बालिकाको उद्धार गरी स्वास्थ्य जाँचका लागि प्रसुति गृह थापाथलीमा पठाएको छ। घटनामा संलग्न ३ जना पक्राउ परेका छन्। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा धादिङ चैनपुरका २१ वर्षीय रविन इटनी, बर्दिया बगनाह घरभई मूलपानी बस्ने ३० वर्षीय डिल्लीराम थारु र २८ वषीय विक्कु थारुलाई नियन्त्रणमा लिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीकाअनुसार घटनामा संलग्न तीनै जना निर्माणधीन रंगशालामा कामगर्ने मजदुर हुन्। बालिकासँग परिचित रहेका उनीहरुले बुधबार दिउसो फकाएर कोठामा लगेपछि जबर्जस्ती करणी गरेका थिए। बालिकाको सामुहिक बलात्कार भएको छ। आरोपी नियन्त्रणमा छन्। बालिकाको उपचार भइरहेको छ,’ डिएसपी बोगटीले नेपालखबरसँग भने।

प्रतिक्रिया दिनुहोस्