धादिङ । पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारमा ग्यास बुलेटले ठक्कर दिँदा आज दुई बटुवाको मृत्यु भएको छ । भारतबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ७५ एजे ५२०८ नम्बरको एलपी ग्यास बोकेको ट्यांकरले सडक किनारमा हिँडिरहेका बेनीघाट रोराङ –५ निवासी ३५ वर्षीया गीता नेपाली र उनकी छोरी २१ वर्षीया सुनीतालाई ठक्कर दिँदा घाइते भई उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।


बटुवालाई ठक्कर दिएपछि ग्यास बुलेट २० मिटर तल पुगेको छ । पल्टेको बुलेटबाट ग्यास चुहिएर सो क्षेत्रमा त्रास पैदा भएको सोही स्थानका शिक्षक राममणि थपलियाले बताउनुभयो । प्रहरीले प्राविधिक टोलीको सहयोगमा चुहिएको ग्यास टाल्ने काम गरिरहेको प्रनाउ महतोले बताउनुभयो ।

बुलेट ट्यांकर चालकलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । बुलेट पल्टिएर ग्यास सर्वत्र चुहिएपछि उक्त ग्यासले आगोमा सल्किन नपाएपछि ठूलो दुर्घटनाबाट बचेको हो यति यो ग्यास चुहिएको अवस्थामा आगो लागेको थियो भने ठूलो दुर्घटना हुने थियो ।

सम्बन्धित खबरहरु