काठमाडौ । कक्षा ११ को ग्रेडबृद्धिको परीक्षा यही मंसिर ८ गते तोकिएकोबाट केही पर सरेको छ । राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार मंसिर ८ गते तोकिएको परीक्षा पुस महिनाका लागि सरेको छ ।

पुस महिनाको कुन दिन भन्ने बोर्डले पुन सूचना प्रकाशित गर्नेछ । यसैगरी परीक्षाका लागि आवेदन दिने मितिपनि पुनः थप गरिएको छ ।

साथै परीक्षामा सामेल हुन पाउने आधारपनि थप गरिएको छ । अब असोज २० गते प्रकाशित नतिजामा सी वा डी प्लस, डी वा ई मध्ये विद्यार्थीले आफुले चाहेका दुई बिषयमा रोजेर ग्रेड बृद्धि गर्न पाउनेछन् । थप जानकारी सूचनाबाट लिनुहोला । सूचना तल अपलोड गरिएको छ । आफुले पढेपछि अरु विद्यार्थीका लागि विद्यार्थी अभिभावक जो कोहीले सेयर गरिदिनुहोला ।

National Examination Board (NEB) has published an amended notice regarding Grade Increment for the students of Grade 11. The Grade 11 result was published on Ashwin 20, 2075. Students who have secured C, D+, D and E Grade in any subjects are eligible to give the examination in two of the preferred subjects. Students are informed to submit the application form in Mangsir 16, 2075 (December 02, 2018) to their respective schools.

Grade increment examination of Grade 11 will be held in the month of Poush 2075. The examination routine and examination center will be published later. Examination Fee: Rs. 600, For detail information, please refer to official notice below.

सम्बन्धित खबरहरु