काठमाडौ । राखी सावन्त बलिउडकी हट एण्ड केक नायिका मात्र हैन विभिन्न फण्डा गरिरहने अभिनेत्री हुन् । यसैले उनी कन्ट्रोभर्सी क्वीन भनेर नै चिनिन्छिन् । #MeeToo अभियानमा तनु श्री दक्तसंगको वाक युद्धको कारण चर्चामा रहेकी उनलाई तनु श्रीले राखी तेस्रोलंगी भएको आरोप समेत लगाएकी थिइन् । प्राय आफनो बिवादित बयानको कारण आलोचनामा आउँने गरेकी राखीले यो पटक जोशमा होस गुमाउदा ठुलो मुल्य चुकाउँनु परेको छ ।

भारतको पंचकूलाको सेक्टर ३ स्थित ताऊ देवी लाल खेल परिसरमा आयोजित सिडब्ल्यूईको ब्यानर राखिएको रेसलिङको बिग फाइटमा एक बिदेशी रेस्लरलाई चुनौती दिएर मैदान उत्रिएपछि राखीको हाल बेहाल हुन पुग्यो । आइतबार बिग फाइटको क्रममा महिला रेसलरको पनि प्रतिस्पर्धा राखिएको थियो । विदेशी महिला रेसलर रेवलले फाइट जितेपछि कोही भारतीय रेस्लरले उनीसंग प्रतिष्पर्धा गर्न सकेनन् । बिदेशी रेस्लरले कोही भारतीय महिलामा दम छ भने आफुसंग प्रतिस्पर्धा गर्न खुल्ला रुपमा चुनौती दिइन् तर यसका लागि कोही महिला तयार भएनन् ।

त्यसपछि जोशिएर रिंगमा उत्रिएको धोबी धुलाई भएपछि उनी अस्पताल नै भर्ना हुनु परेको छ । विदेशी महिला रेसलरले राखी सावन्तलाई रिंगमा उचालेर पछारिन् जसका कारण उनलाई चोट लाग्यो र अस्पताल पुर्याउनु प¥यो । बिदेशी रेस्लरको भनाई सुनेपछि राखी सावन्त स्टेजमा आइन् र महिला रेसलरलाई च्यालेन्ज दिँदै भनिन्, ‘यदि तिमीसँग दम छ भने मसँग डान्स गरेर देखाउ ।’ त्यसपछि दुबैबीच प्रतिस्पर्धा सुरु भयो । राखी सावन्तको डान्स देखेर मानिसहरु हुटिङ गर्न थाले । त्यतिबेला राखी सावन्तले महिला रेसलरलाई जिस्काइन् ।

राखीको व्यवहारले महिला रेसलर रिसाइन् र उनलाई उचालेर पछारिन् । त्यसपछि अध्याधिक पीडा भएपछि राखी चिच्याउँन थालिन र बाउन्सर रिंग भित्र आएर राखीलाई तुरुन्त उठाए । राखीले आयोजकलाई पिठ्युँ र पेटमा निकै दुखेको बताएपछि उनलाई तत्काल अस्पताल पु¥याईएको थियो हाल पनि उनको उपचार चलिरहेको छ । राखीको यस्तो हतकाण्डलाई यतिबेला अधिकांशले पब्लिसिटी स्टण्ड भनिरहेका छन् किनकी रेस्लरसंग भिड्नु आलु चपाउँनु जस्तो त होईन नी । भनेर जिस्क्याएका छन् । उनका भिडियो र तस्विरहरु निक्कै भाइरल बनेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । 

सम्बन्धित खबरहरु