कार्तिक । काठमाडौं महानगले माईतीघर मण्डला र चाबहिलमा स्थानान्तरण गर्न मिल्ने प्रकृतिका आकासेपुल ट्रस्ट ब्रिज निर्माण गर्ने भएको छ ।पैदलयात्रुको अत्याधिक चाप तथा ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनीकरण गर्न अन्यत्र सार्न मिल्ने खालका पुल निर्माण गर्न लागिएको महानगरले जनाएको छ ।

उपत्यकाका विभिन्न स्थानमा आकासेपुल नहुँदा पैदलयात्रुले जथाभावी बाटो काट्ने गरेका छन् ।जसका कारण उनीहरुलाई असहज हुनुका साथै दुर्घटना समेत बढ्ने सहज हुनुका साथै ट्राफिक व्यवस्थापन गर्न सहज हुने महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

पैदल यात्रुको अध्यधिक चापले गर्दा बाटो काट्न मुस्किल पर्दै आएका गुनासाहरु महानगरमा पटक पटक आउन थालेपछि आवश्यकताको पहिचान गरेको थियो । माइतीघर मण्डला, चाबहिल,त्रिपुरेश्वर,टेकु भन्सार, कालीमाटी, थापाथली, गौशाला, बानेश्वर चोक, बबरमहल (काठमाडौं जिल्ला अदालत), पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, लगायतका १० स्थानमा आकाशे पुलको अति आवश्यकता रहेको छ ।

महानगरले तत्कालका लागि भने यी दुई स्थानमा पुल बनाउने तयारी गरेको छ । पुल निर्माण गर्ने क्रममा ट्राफिक प्रहरी र सडक विभागसँग समेत सहकार्य गर्ने माहानगरले जनाएको छ ।सवारीसाधन र पैदल यात्रुको अत्यधिक चाप हुने नयाँ बानेश्वर चोकमा आकाशेपुलको जरुर आवश्यकता पहिचान गरेको छ ।

सम्बन्धित खबरहरु