काठमाडौं । नेपालमा बालअधिकारका कुरा बेलाबेलामा उठ्ने गरेका छन । अझैंसम्म पनि बालबालीकाले बालश्रमिक भएर काम गर्न बाध्य छन । धेरैं अवैंधानिक कुराहरुमा समेत बालबालीका प्रयोग गर्ने गरिएको छ । लागुऔंषध जस्ता थुप्रै कुलतहरुमा बालबालीका प्रयोग भएको विभिन्न अध्यनहरुले देखाएका छन । यसैं विच महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको “बालबालिकाको उद्धार विशेष कार्यक्रम” अन्तर्गत उनीहरुको उद्धार गरिएको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले विभिन्न डान्सबारमा काम गर्नुका साथै मनोरञ्जन लिइरहेको अवस्थामा बालबालिकाको उद्धार गरिएको जानकारी दिए । “उद्धार गरिएका अधिकांश बालबालिकालाई मनोपरामर्श दिई अभिभावकको जिम्मा लगाएका छौँ,” उनले भने । वृत्तले बालबालिकालाई डान्सबारमा काम लगाउने युनिक डान्सबार र बेबो डान्सबारका तीन सञ्चालकलाई समेत पक्राउ गरेको छ । उनीहरुलाई बालबालिका ऐन–२०७५ अनुसार कारवाही गरिने केसीले बताए । रासस

सम्बन्धित खबरहरु