म्याग्दी । केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापाले सुरुवात राम्रो गरे पनि निरन्तरता दिन नसकेको आरोप लाग्दैं आएको छ । उनले विभिन्न क्षेत्रमा सुधारको प्रयास गरेपनि जनअपेक्षानुरुप काम गर्न नसकेको आरोप लाग्ने गरेको छ । उनले यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेको “सिन्डिकेट” पनि हटाउन सरकार लागिपरेको बताएका छन् ।

म्याग्दीको कोरला यातायात प्रालिद्वारा सन्चालित यातायात सेवाको बुधबार बेनीमा शुभारम्भ गर्दै उनले मुलुकको समृद्धि र आमनागरिकको आय–आर्जनमा सुधार ल्याउन यातायातसँगै शिक्षा, स्वास्थ्य, उद्योग, चिकित्सालगायतको क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्न आवश्यक रहेको उल्लेख गरे । गृहमन्त्री थापाले मुठ्ठीभरका व्यक्तिलेमात्रै हरेक क्षेत्र ओगटेकाले सबैलाई समान अवसर सिर्जना गर्न एकाधिकार तोड्न जरुरी रहेको स्पस्ट पारे ।

ओली नेतृत्वको सरकारमा मन्त्री हेरफेरमा उनैं बादलको पनि नाम रहेको थियो । सरकारमा खरो रुपमा उत्रेको भएपनि प्रतिफल भने शुन्य जस्तैं भएको छ । उनले यातायत लगायतका क्षेत्रमा भएको एकाधिकारलाई कम गर्दै जनताको हितमा काम गर्न खोजेको जनाइएको छ । उनले ठेकेदारलाई कारवाही गर्ने देखि लिएर ३३ किलो सुन काण्डले समेत्त उनि चर्चामा रहेका थिए । तर यि सम्पुर्ण कुराहरु टुङ्गोमा नपुग्दैं सेलाएको जनगुनासो रहेको छ ।

सम्बन्धित खबरहरु