मुम्बई । बलिउडमा शाहरुख खानलाई बलिउडको बादशाह अर्थात किंग खान भन्ने गरिन्छ । उनी समयसमयमा चर्चामा आइरहेका हुन्छन । उनका संसारभर करोडौं सर्मथक रहेका छन । उनका बारेमा जान्ने इच्छा सामायन्तया सबैंमा हुन्छ तर कहिलेकाही त्यो अलिक फरक हुन जान्छ । शाहरुख खानकी छोरी सुहाना खान मिडियामा चर्चाको विषय बनेकी छिन् । बेलाबेलामा उनको भिडियो तथा तस्बिरहरुसामाजिक संजालहरुमा भाइरल हुने गर्छ । छोरी सुहाना खानको बारेमा पिता शाहरुखलाई प्रश्न गर्दा शाहरुख भड्किएका छन् ।

शाहहरुख खान फेयरनेस क्रिमको एक कार्यक्रममा भारतीय मिडियाले शाहरुखका साथ उनकी छोरी काली रहेको बताएपछि शाहरुख भड्कीएका हुन् । उनले मिडियालाई जवाफ दिँदै आफ्नी छोरी सुहाना काली भए पनि उनी संसारकै सबैभन्दा सुन्दर रहेको बताए । खानले भने “म इमान्दारीका साथ भन्दैछु की मेरी छोरी काली अवश्य छिन् । साथै उनी संसारकै सबैभन्दा सुन्दर छिन् । यस विषयमा कोही पनि म सँग कुरा गर्न सक्दैनन् ।”

खान यतिमै रोकिएनन् उनले भने “मानिसहरुको मनमा म प्रतिको इमान्दारीतालाई म महसुस गर्न सक्छु । मैले कहिले पनि कसैसँग बेइमानी गरेको छैन । म सँधै त्यही छु जे म वास्तवमा छु । न त म कहिले बेस्ट लुकिङ रहेँ, न म सबैभन्दा अग्लो छु, न मेरो शरिर सबै भन्दा राम्रो छ, न म राम्रो डान्सर हुँ, न मेरो कपाल सबैभन्दा सुन्दर छ, र म कुनै एक्टीङ स्कुलमा एक्टीङ सिकेर हिरो बन्न आएको होइन । म यी कुराहरुमा कसरी मानिसहरुका अगाडि झुटो बोल्न सक्छु । आज म जे छु मेरो क्षमताको बलमा छु ।” शाहरुख खानका अगाडि छोरी सुहाना खानलाई काली भनेर गरिएको प्रश्नमा खानले मिडिया सामु रिसाउँदै छोरी सुहानाको कालो रंगको बारेमा खुलेर कुरा गरे । एजेन्सीको सहयोगमा

सम्बन्धित खबरहरु