मुम्बई । अहिले बलिउड दीपिका पादुकोण र रणबीर सिंह विवाहमय भएको छ । उनीहरु विहेका लागि इटली पुगिसकेका छन् । उनीहरुको विवाहको तयारी यतिबेला गजबले चलिरहेको छ । विवाहको तयारीबीच भेन्युका विभिन्न तस्बिर पनि सामाजिक सञ्जालहरुमा सार्वजनिक भइरहेको छ । बलिउड सेलिब्रिटीहरु पनि यो विवाहका लागि आफ्नो खुसी व्यक्त गरिरहेका छन् ।

बलिउडबाट यो विवाहमा को–को समावेश हुँदैछन् रु त्यसबारे पनि चर्चा भइरहेको छ । भारतीय सञ्चारमाध्यमको खबरलाई विश्वास गर्ने हो भने यो रोयल विवाहमा दीपिका रणबीरको परिवार र नजिकका आफन्तहरु मात्रै इटाली पुग्नेछन् । दीपिका रणबीरको विवाहबारे भर्खरै कफी विद करणमा करण जोहरले कट्रिना कैफसँग कुरा गरेका छन् । यो भन्दा पहिले प्रियंका चोपडाले पनि आफुभन्दा ११ वर्ष कम उमेरको प्रेमीसँग विवाह बन्धन गाँसेकी थिएन ।

यो शोमा कट्रिनाले आफू विवाहको कार्डको प्रतिक्षा गरिरहेको र उनीहरुको विवाहमा आफु निकै उत्साहित भएको भन्दैं प्रतिकेया जनाएकी छिन् । उनले भनेकी छिन्, “म चाहान्छु उनीहरुले विवाहमा मलाई बोलाउन तर मलाई थाहा छ विवाहको कार्ड मैले पाउने छैन ।” तपाईलाई स्मरण रहोस्, कट्रिना दीपिकाका पूर्व प्रेमी रणबीर कपुरकी पूर्व प्रेमिका हुन् । यसै कारण यी दुईबीच राम्रो सम्बन्ध नभएको ब्याख्या भइरहेको छ । एजेन्सी

सम्बन्धित खबरहरु