काठमाडौं । हामीले सामान्यतया चलचित्रहरुमा मानिसले गाडी रोकेको देखेका छौं । तर तपाईलाई जानेर आश्चर्य होला पाकिस्तानमा एकजना यस्ता व्यक्ति छन जसले चलिरहेको ट्याकटरलाई सजिलैंसँग रोक्ने क्षमता राख्छन । यदि भारतमा शक्तिशाली व्यक्ति खोज्दैं जाने हो भने दिमागमा पहिलो नाम दराज सिंह अर्थात दी ग्रेट खली हाम्रो दिमागमा आउँने नाम हो ।

यदि हामी भारतको छिमेकी देश पाकिस्तानको कुरा गर्छौ भने त्यहाँ पनि एक महावीर रहेका छन । अरबाब खिजर हयात अर्थात खान बाबा, जसको तौंल ४३५ किलोग्राम रहेको छ भने उनको उमे मात्रैं २५ वर्ष भएको छ । कुनै पनि हल्क भन्दा कम छैन। अरबाब आफुलाई संसारको सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा दावी गर्छन्। उनको उचाई ट.३ फिट छ। अरबाबले पहिले नै “पाकिस्तानी हल्क” शीर्षकको ताज पाएको छन।

उनी अब डब्लुडब्लुइ अर्थात रेस्लर बन्न चाहान्छन । यदि तपाईंले अरबाबको नास्ताको बारेमा जान्नुभयो भने तपाइँ अचम्मीत हुनुहुनेछ। उनले एक नास्तामा ३६ वटा अन्डा चार किलो मासु र पाँच लिटर दुध पिउने गर्छन । उनी भन्छन् कि अधिक उचाईको कारण, उनलाई कुनै स्वास्थ्य समस्या छैन। सामान्यतया के मान्यता रहन्छ भने जो धेरैं मोटो हुन्छ उसँग धेरैं प्रकारका रोगहरु लुकेर वसेका हुन्छन ।

आश्चर्यजनक कुरा, धेरै तौंल पछि पनि, अरबाबलाई स्वास्थ्यसँग कुनै समस्या छैन। उनले आफ्नो तौंल बढाउदैं लगेका छन् ताकि वेट लिफ्टिंगमा जान सकुन । यी दिनहरू अरबाबका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन । यी भिडियोहरूमा उनी ट्र्याक्टर र कारलाई तानिरहेको देख्न सकिन्छ। उनले एक दिनमा १० हजार क्यालोरि काने गर्छन ।

बाबाले दावी गरेका छन् कि उनी संसारमा सबैभन्दा शक्तिशाली व्यक्ति हुन्। यसअघि, १६३ किलोग्राम युएस पल एन्डरसनलाई सबैभन्दा शक्तिशाली व्यक्तिको नामको उपाधी दिइएको छ। उनले भारतीय रेस्लर दी ग्रेट खलीसँग लड्ने उनलाई रिंगमा नैं हराउँने भन्दैं बाजि पनि राखेका छन । सामान्य व्यक्तिले एक नास्तामा दुई अन्डा खान्छ तर उनी ३६ खान्छन । यसरी आंकलन गर्न सकिन्छ उनी सामान्य व्यक्तिको भन्दा कत्ति धेरैं खाना खान्छन । एजेन्सीको सहयोगमा

सम्बन्धित खबरहरु