वि.सं. २०७५ मार्गशीर्ष ०१ गते शनिबार तदनुसार ई. सं. २०१८ नोभेम्बर १७ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२७ बजे र सूर्यास्त : साँझ ०५:०९ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१७ बजे र सूर्यास्त : साँझ ०५:०३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३३ बजे र सूर्यास्त : साँझ ०५:१४ बजे, कार्तिक शुक्लपक्षको नवमी तिथि, बिहान ०९:१४ बजेसम्म, त्यसपछि दशमी तिथि, शतभिषा नक्षत्र, दिउँसो १२:५१ बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), व्याघात योग, साँझ ०६:२० बजेसम्म, त्यसपछि हर्षण योग, कौलव करण, बेलुका १०:०४ बजेसम्म त्यसपछि तैतिल करण, आनन्दादि योग : आनन्द, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पूर्व, वारशूल : पूर्व, नक्षत्रशूल : दक्षिण, आजको चाडपर्व र उत्सव : मार्ग संक्रान्ति, सत्ययुगादि, कुष्माण्ड नवमी, हेटौंडा कूुष्माण्ड सरोवरमा मेला, सको चंगुवने

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : बलम्बु महालक्ष्मी यात्रा, धादिंग, फूलखर्कमा गंगाजमुना मेला, ०३ गते : हरिबोधिनी एकादशी व्रत, तुलसी विवाह, भीष्मपञ्चकारम्भ, बराहक्षेत्र सुनसरीमा धार्मिक मेला प्रारम्भ, खोटांगको बराहपोखरीमा मेला, ०४ गते : भौम प्रदोष व्रत, चांगुनारायण अखण्ड दीप दर्शन, रुरु रिडीक्षेत्रमा हृषिकेश रथयात्रा, मन्वादि, युवा ज्योतिष सुजल श्रेष्ठ, ज्योतिष परामर्श केन्द्र पाटन दरबार, (भीमसेन मन्दिरको ४ घर उत्तर दिशा) ललितपुर नेपाल । सम्पर्क फोन नं. ०१ – ५५४२९५८, मोबाईल ९८४१७६३५५९ । सुरु गरौँ आजको राशिफल । शुरु गरौ आजको राशिफलबाट

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कमजोरीलाइ धेरै सुधारि अघि बढ्दै जान सकिनेछ । मनोरञ्जनको समय छ, रमाइलो समय छ । सहज काम उच्च आम्दानी बिचारको सिद्धान्तमा दिन सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो उन्नति हुनेछ । प्रतिस्पर्धीहरूले अलमल गर्ने छन्, उल्टो बाटो खोल्ने देखिएको छ । पारिवारिक माहोल आएर काम तिर ध्यान दिन अलि नसक्ने अवस्था हुनसक्छ । छोरा छोरीहरुले याद गर्नेछन भाइ बहिनीहरु प्रतिको जिम्मेवारी निभाउन सकिनेछ । साथीहरु प्रत्ति पनि राम्रो देखिएको छ, सम्बन्ध गाढा बन्नेछ । फाइदा हुने काम प्राप्त हुन सक्छ । तपाइको राशि मेष हो जुन मंगल ग्रहको राशि हो त्यसैले मंगल ग्रहको रंग जस्तै रातो, कलेजी राम्रो हुन्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ काममा हात हाल्ने कुरा आउन सक्नेछ, गर्ने नगर्ने तपाइको भरमा हुनेछ । प्रियजनको भेटघाटले दिन रमाइलो रहनेछ । पशुपालन तथा कृषि क्षेत्रलाइ नयाँ दिसा दिन सकिनेछ । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्लान । सफलताको सम्भावना बढेर आएको देखिन्छ, , केहि नएय पनि सानो २(३ ओटा भए पनि अबस्य कामहरु बन्नेछन । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ । आमा आदिको बिशेष याद आउला । बाहिर जान्छु भन्दा भन्दै एकैं ठाउमा रहनुपर्ने हुनसक्छ । तपाइको राशि बृष हो जुन शुक्र ग्रहको राशि हो त्यसैले शुक्र ग्रहको रंग जस्तै सेतो, उज्यालो रंग, फिक्का राम्रो हुन्छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ठुलो ठुलो काममा भन्दा सानो काममा मन होला । घर परिवारमा सबैलाई माया बाड्न पाइनेछ । लेख्ने पढ्ने काम बढ्नेछ, यता उता जाउ भन्ने हुन सक्छ । आजको दिन महत्त्वपूर्ण हुने छ, पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्लान । अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा लाभ होला । फाइदा उठाउने समय छ र आफ्नो सहकर्मी आदिहरुको माया लाग्नेछ । तपाइको राशि मिथुन हो जुन बुध ग्रहको रासी हो त्यसैले बुधको रंग जस्तै हरियो राम्रो हुन्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यावसायिक काममा मनग्गे लाभ हुनेछ त्यसैले सम्पती कमाउन चाहनेले जति मेहनत गरे त्यति लाभ होला । सामानहरुको किन मेल होला । विवादास्पद कुरा वहन गर्नुपर्नेछ, आँटेको काममा अलि ढिलाई होला । उधारो आदि दिनु पर्ने कुराहरु भए दिनु पर्ने हुनसक्छ । रोकिएका काम बनाउन सकिनेछ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । तपाइको राशि कर्कट हो जुन चन्द्रमाको राशि हो चन्द्रमाको रंग जस्तै सेतो, गुलाबी,फिक्का राम्रो हुन्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
फाइदा फाइदा भन्दै पछि त्यतिकै खर्च हुन सक्छ । प्रतिकुल स्थिति आउन सक्ने हुन्छ, अरुले त्यतिकै फसाउन सक्छन् । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्लान । केही चुनौती देखिए पनि मन भए पुरा गर्न नसक्ने केही नहोला । अरुको बुद्धिको भर बाट भन्दा पनि आफ्नो बुद्धि चलाउनु पर्ला । पति पत्नी मिलेर राम्रो संग अघि बढ्न सकिएला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ, यदि नसुधारे आफैंलाई गाह्रो होला र प्रेम र मित्रताहरु बढ्नेछन । तपाइको राशि सिंह हो जुन सुर्यको राशि हो त्यसैले सुर्यको रंग जस्तै सुन्तला, रातो, सुन रंग राम्रो हुन्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आवश्यक बस्तुहरुको खरिद आदि गरि घर तिर ल्याई व्यवस्थित गर्न सकिनेछ । ब्यापारीहरुको लागि राम्रो छ, बैक आदिको काम गर्नु पर्ला । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ । श्रमको मूल्यांकन होला, सहयोग गर्नेहरू भेटिनेछन् । आर्थिक लाभ हुने काम थालनी हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । बिस्तारै फाइदा उठाउन सकिनेछ र टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । तपाइको राशि कन्या हो जुन बुध ग्रहको राशि हो त्यसैले बुद्धको रंग जस्तै हरियो राम्रो हुन्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
उद्योगमा विशेष फाइदाको योग छ । मान्छेहरुले आफुलाई दिनु पर्ने पैसा आफै दिन आउलान । नौलो मित्रता सुरु हुन सक्छ वा नयाँ मित्रजनहरु पाइनेछ । पुजा(पाठमा संलग्न हुनु पर्ने जस्तो बातावरण होला । सहयोग गर्नेहरू धेरै भेटिनेछन् , नयाँ काममा हात हाल्ने समय आएको छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । साझेदारीका समस्या अलि सुल्झनाले हल्का महसुस होला । तपाइको राशि तुला हो जुन शुक्र ग्रहको राशि हो त्यसैले शुक्र ग्रहको रंग जस्तै सेतो, उज्यालो रंग, फिक्का राम्रो हुन्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन तपाईको एकदमैं व्यस्त रहेर वित्ने देखिएको छ । सोचेको काम कुरा बनेर जानेछन वा सकाउनै पर्ने जस्तो हुनेछ । टाढाका साथीभाइ, आदिको निम्तो प्राप्त हुन सक्छ । आमा आदिको विशेष याद आउला । जग्गा(जमिन आदिको जिम्मेवारी आदि बढ्ने देखिन्छ । कृषिको लागि सोचेको भन्दा अलि फरक होला । सफलताको सम्भावना बढेर आएको देखिन्छ, धेरै काम कुरा बन्ला, केहि नभए पनि सानो २(३ वोटा भए पनि अवश्य बन्ने देखिएको छ । तपाइको राशि बृश्चिक हो जुन मंगल ग्रहको राशि हो त्यसैले मंगल ग्रहको रंग जस्तै रातो, कलेजी राम्रो हुन्छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफुले एक पटक साथ दिएको व्यक्तिको उन्नति आदि देखि मन खुसि हुन पाउला । ठुलो ठुलो काममा भन्दा सानो काममा बढी उल्झिनु पर्ला । घरपरिवारको सम्झना आउला, सम्मानीय जनको प्रेम पाईएला । रमाइलो र सुभ जमघट हुने देखिन्छ, व्यवसाय वा उद्योगको सन्दर्भमा सुभ र कल्याणकारी देखिन्छ । फुटबल, तेबल(टेनिस,बकसिंह, आदि जस्ता खेलहरुमा लाग्नु पर्ला । मन कता कता भएको हुनाले मनो बल अलि कम जस्तो होला । तपाइको राशि धनु हो जुन बृहस्पति ग्रहको राशि हो त्यसैले बृहस्पति ग्रहको रंग जस्तै पहेको, सुन रंग राम्रो हुन्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मेहनत गर्दा मात्र अलि बढी सफल प्राप्त हुनेछ । जिम्मेवारी बढिरहनेछन् , अतिथिको आगमनको संकेत आएको छ । आँटेको काममा अलि ढिलाई होला । अरूको मुख नताक्नु होला, पढाइमा प्रगति हुनेछ । गुरुजन वा जान्ने बुझ्नेको को सुझाव फलदाई होला । अवसरको खोजीमा भौतारिनु पर्ला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ, कामको अलमल हुनेछ । केही संघर्ष गर्नुपर्ला, काम बन्नेछ र प्रियजनको सहयोग जुट्नाले उत्साह मिल्नेछ । तपाइको राशि मकर हो जुन सनी ग्रहको राशि हो त्यसैले सनी ग्रहको रंग जस्तै कालो, निलो राम्रो हुन्छ ।
साथै, टिप्पणी कहिले कहिले सनिको नराम्रो दशाको बेला ज्योतिषले कालो, निलो रंग नलगाउ भन्यो भने नलगाउदा हुन्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आमा(बुवा भै सकेकाको लागि राम्रो र सुभ देखिन्छ । अरूलाई प्रभावित पार्ने मन हुनेछ, विशेष योजना गर्नुहोला । प्रयत्न गर्दा आउने समस्या समाधान हुनेछन् । फाइदा हुने काम प्राप्त हुन सक्छ, साथीहरु संग भेट घाट गर्न पाइएला । काम संग सम्बन्धित् जनहरुलाइ भेतिएला वा भेटघाट गर्न जान पाइएला । प्रियजनको भेटघाटले दिन रमाइलो रहनेछ । सन्तानको सहयोग लाभदायी बन्नेछ, श्रमको मूल्यांकन हुनेछ ।
तपाइको राशि कुम्भ हो जुन सनी ग्रहको राशि हो त्यसैले सनी ग्रहको रंग जस्तै कालो, निलो राम्रो हुन्छ । साथै, कहिले कहिले सनिको नराम्रो दशाको बेला ज्योतिषले कालो, निलो रंग नलगाउ भन्यो भने नलगाउदा हुन्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पशुपालन तथा कृषि क्षेत्र विकास, सुधार संसोधन देखिन्छ । चुनौतीहरु पन्छाउँदै अघि बढ्नु पर्ने जस्तो स्थिति आउन सक्नेछ । अनुकुल ( प्रतिकुल स्थिति दुवै आउन सक्ने हुन्छ । आजको दिन परिवर्तन ल्याउन सक्ने दृष्टिले महत्त्वपूर्ण छ । सतर्क नभए अरुले त्यतिकै फसाउन सक्छन् । चलाखी गरे असाद्द्य कामहरु पनि सहज रुपले बन्लान । पैसाको जरुरि भए जहा बाट पनि मिलाउन सकिएला । तपाइको राशि मिन हो जुन बृहस्पति ग्रहको राशि हो त्यसैले बृहस्पति ग्रहको रंग जस्तै पहेको, सुन रंग राम्रो हुन्छ ।

सम्बन्धित खबरहरु