जनकपुर । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउने भएका छन् । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर मुख्यमन्त्री योगी आउने टुंगो लागको बताए । भारतीय रेलमन्त्री सुरेश प्रभु र उत्तरप्रदेशका मुख्यमन्त्री योगीले भारतीय लगानीमा निर्माण गरिएको जयनगर–जनकपुर–कुर्था ब्रोडगेज रेल्वे खण्ड उद्घाटन गर्ने कार्यक्रमसमेत तय गरिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

सम्बन्धित खबरहरु