चितवन । पछिल्ला दिनहरुमा नेपालमा सवारी दुर्घटना बढ्दैं गएका छन । दुर्घटनामा हरेक दिनजसो मानिसहरुको मृत्यु भइहरको छ । भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा अहिल आलम रहेका छन् ।

बाबु छोरा पटिहानीतर्फ साइकलमा जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको ना५ख ६९९८ नंको टिपरले साइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते बालकको उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । साइकल चालक बाबु आलम सामान्य रहनुभएको छ । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । सरकारले टिपर आतंक कम गर्नलाई अनेक तरिका अपनाएको भए पनि घटना कम हुन सकेका छैनन ।

सम्बन्धित खबरहरु