मुम्बई । केही समय पहिले मिटुमय भएको बलिउड अहिले विवाहमय भएको छ । बलिउड हस्ती दीपिका पादुकोण र रणवीर सिंह इटलीमा बिहे गरेर आज भारत फर्किएका छन् । आइतवार मुम्बई आएको यो जोडीलाई फ्यानले बधाई दिए । बुधवार इटलीको लेक कोमोमा कोंकणी रीतिअनुसार बिहे भएको थियो । भारत ओर्लिएपछि यो नवविवाहित जोडी पहिले एअरपोर्टमा र त्यसपछि आफ्नो अपार्टमेन्टबाट आफ्ना प्रशंसकलाई अभिवादन गरेका गर्दै तस्वीर समेत खिचाएका थिए ।

बलिउडको चर्चित बिहेमा रणवीर–दीपिकाको बिहेलाई पनि हेर्ने गरिएको छ । यी दुईले बिहेमा एकदमै नजिकका साथी र आफन्तलाई मात्र निम्ता गरेका थिए । यसैविच, दीपिका र रणवीरले मुम्बइको बान्द्रा इलाकामा ५० करोडको घर किनेको चर्चा समेत भारतीय मिडियामा चलेको छ । उनीहरु, अब उक्त घरमा बस्ने तयारीमा छन् । शान्त र समुन्द्रको समेत दृश्य देखिने घर खोजेको यो जोडीले महंगो रकम तिरेर घर किनेको हो ।

रणवीरको घरपुगेलगत्तै दीप‍िका र रणवीर पत्रकारहरुसँग कुराकानी गर्न राजी भएका थिए । उनीहरुले सञ्चारमाध्यममार्फत विवाहको बधाई दिने सबैलाई हात जोडेर धन्यवाद व्यक्त गरे । रणवीरको घरमा दीप‍िका पुग्दा त्यहाँको माहोल हेर्न लायक थियो । उनी हातमा मेहन्दी, शिरमा रातो स‍िन्दूर, रातो चुरा र रातै दुपट्टा ओढेर ट्रेड‍िशनल लुकमा देखिएकी थिइन् । रणवीर स‍िंहले सेतो कलरको कुर्ता पाइजामा र प‍िंक ज्याकेट लगाएका थिए । भारतीय सञ्चारमाध्यको सहयोगमा

सम्बन्धित खबरहरु