काठमाडौं । हरेक आमाबाबुको आफ्नो सन्तानले सफलता प्राप्त गरोस भन्ने सपना हुन्छ । आफ्नो सपना पुरा गर्न हर मातापिताले आफ्ना सन्तानलाई राम्रो शिक्षा दिने कुरामा विशष ध्यान दिन्छन । राम्रो विद्यालयमा पढाउने देखि लिएर हर कुरा अभिभावकले गर्छन जुन कुरा उनिहरुका लागि सम्भव हुन्छ । पछिल्ला दिनहरुमा बच्चाहरुलाई ट्यूशन होस्टल राख्ने प्रचलन नेपाल लगायत संसार भरीका देशहरुमा बढ्दै गएको छ । आफ्नो व्यस्तताको कारण बच्चालाई शिक्षकसँग छोडेर आफु आन्नदले वस्ने प्रचलन बढ्दैं गएको छ ।

यदि तपाईले पनि आफ्नो बच्चा शिक्षकलाई जिम्मा लगाउनु भएको छ भने एकपटक सोच्नु पर्ने हुन्छ । आज हामी भारतको उत्तर प्रदेश राज्यको अलीगडमा रहेको टीकाराम कोलोनीमा भएको घटना जानकारी गराई रहेका छौं । उक्त कोलोनीमा रहने एक शिक्षकले सात वर्षिय बालकलाई चप्पल, साँचो र कपाल तानेर मारपीट गर्ने गरेको खुल्न आएको छ । पढाईमा कमजोर भएपछि ट्युसन हालिएको पिडित बालकका आमाबाबुले बताएका छन ।

बालकले गृहकार्य नगरेको भन्दैं शिक्षकले अमानविय तरिकाले मारपीट गर्दै कसैंलाई नभन्न दबाब समेत्त दिने गरेको बालकले बताए । हरेक दिन आफ्नो दुई कक्षामा पढ्ने बच्चा दुब्लो र चिन्तीत बन्दैं गएपछि उनका अभिभावकलाई शिक्षकको व्यवहारप्रति आशंका भयो । एक दिन अचानक बालकका बुवाले सिसिटिभि क्यामेरामा भएको रेर्कड हेर्न खोज्दा यो घटना बाहिर आएको हो । राक्षस शिक्षकको नाम कमल हो उनी पिडित परिवारको नातेदार पर्ने बताइएको छ ।

सम्बन्धित खबरहरु