काठमाडौँ । नेपालमा अहिले अलिक फरक प्रकारको बहस सुरु हुन थालेको छ । राजतन्त्र हटेर देशमा गणतन्त्र आइसकेपछि पनि केही पार्टी र व्यक्तिहरुले नेपालमा राजतन्त्र फर्कन सक्ने वा फर्काउने बताउँदैं आइरहेका छन । राप्रपा नेपाल पहिले देखि नैं नेपालमा राजा र हिन्दुराष्ट्रको मुद्धा लिएर जनताको बिचमा गइसकेको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको गलग कार्य प्रणालीका कारण देशमा राजतन्त्रवादीहरु सलबलाउन थालेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चा जिल्ला समिति काठमाडौँले गरेको कार्यक्रममा पार्टीको अवधारणापत्र सार्वजनिक गर्दै उनले यस्तो खतरा रहेको औँल्याएका हुन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसीले भारतमा हिन्दुवादीहरुको सरकार भएकाले नेपालमा पनि पूर्वराजा र राजावादीहरु हिन्दु धर्मको नामबाट जनतामा भ्रम फैलाउन सक्ने सम्भावना रहको बताए । उनी लामो समय देखि नेपालमा भएको संघीय प्रणाली देखि असन्तुष्ट रहँदैं आएका छन । उनले नेपाल जस्तो देशमा संघीयता नखाउँ भने दिनभरीको शिकार खाउँ भने आफ्नैं बाउको अनुहार भन्ने चरितार्थ भएको टिप्पणी पनि गर्दै आइरहेका छन ।

सम्बन्धित खबरहरु