काठमाडौं । अहिले संसारमा संमलिंगी विवाहको चर्चा चलिरहेको छ । एसियामा पनि यसको असर विस्तारैं देखिन थालेको छ । समलिंगी विवाहलाई लिएर ताइवानमा जनमत संकला गरिएको छ, जसमा ताइवानी नागरिकले समलिंगी विवाहलाई मान्यता दिने प्रस्ताव अस्वीकार गरेका छन् । ताइवानमा गरिएको जनमत संग्रहमा समलिंगी विवाहलाई मान्यता दिने प्रस्तावको विपक्षमा मत परेको हो । एसियामा समलिंगी विवाहलाई मान्यता दिने पहिलो मुलुक बन्ने ताइवानको योजना तत्काललाई विफल भएको बीबीसीले जनाएको छ ।

सन् २०१७ मा ताइवानको सर्वोच्च अदालतले समलिंगी विवाहलाई मान्यता दिन संसद्लाई निर्देशन दिएको थियो । सर्वाच्चले संसद्लाई समलिंगी विवाहलाई मान्यता दिन दुई वर्षको समय दिएको थियो । जनमतसंग्रहसँगै भएको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पराजित भएपछि राष्ट्रपति साई ईङ्ग वेनले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । एजेन्सी

सम्बन्धित खबरहरु