काठमाडौं । जनताले तिरेको करको दुरुपयोग भएको देखिएको छ । जहाज खरिद गर्दा जनताले तिरेको राजश्वको नसोचेको तरिकाले घोटाला भएको जनाइएको छ । संसद्को सार्वजनिक लेखा समितिले करिब २४ अर्बको वाईडबडी विमान खरिद प्रक्रियामा ६ अर्ब ५९ करोड घोटाला देखिएको भन्दै यसबारे नेपाल वायुसेवा निगमको लिखित जवाफ मागेको छ । मुल्यान्तर, अधिकतम उडानभार कटौती र कमिसनमा गरी उक्त रकम बराबरको घोटाला भएको समितिको दाबी छ ।

समितिले विमान निर्माण कम्पनीसँग किन सिधै खरिद नगरिएको भन्नेलगायत दर्जनौ प्रश्न गरेको छ । वाइडबडी खरिद प्रक्रियामा महालेखाले औंल्याएका कमजोरीमा चित्तबुझ्दो जवाफ नपाइएपछि लेखा समितिले पर्यटन मन्त्रालय र निमग सञ्चालक समितिलार्य लिखित प्रश्न पठाई लिखितै जवाफ माग्ने निर्णय गरेको हो । जहाजसँग जोडिएका धेरैं कुराहरु अहिले पनि खुल्न सकेका छैनन । अनुसन्धान चरिहेको जनाइएको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

सम्बन्धित खबरहरु