मुम्बई । बलिउडमा केही दिन पहिले दीपिका पादुकोणको विवाहको चर्चा खुबैं भएको थियो । हरे नायिकाको जस्तैं उनको विवाहमा लगाइएको पहिरनको चर्चा अहिले बलिउड लगायत संसारभर उनका प्रशंसकहरुले कुरा गरिरहेका छन । गत नोभेम्बर १४–१५ तारिखमा दीपिका पादुकोण र रणबीर सिंहले कोंकणी–सिन्धी परम्परा अनुसार विवाह गरेका छन ।

उनीहरुले विवाहको बैंगलोरमा रिसेप्सनको आयोजना गरे । त्यसपछि नोभेम्बर २४ तारिखमा रणबीर सिंहकी दिदी रितिका भावनानीले पनि भाइ बुहारीका लागि एक पार्टीको आयोजना गरिन् । उक्त पार्टीमा दीपिकाले लगाएको पहिरनबारे रणबीरले टिप्प्णी गरेका छन् । उनले दीपिकाको तुलना मेक्सिकन कलाकार फ्रिडा काहलोसँग तुलना गर्दै उक्त ड्रेसमा उनी फ्रिडाजस्तै देखिएको बताएका थिए ।

रितिकाको पार्टीमा दीपिकाले सब्यसाचीद्वारा डिजाइन गरिएको केसरीबाई पन्नालाल कलेक्सनको दिल गुलदस्ता नामको लेहेंगा लगाएको जनाइएको छ । उक्त लेहेंगा निकै रंगीविरंगी देखिएको थियो जसलाई उनका प्रशंसकहरुले खुबैं मन पराएका छन । आफ्नो इन्स्टाग्राम पोस्टमा सब्यसाचीले लेहेंगाबारे खुलासा गरेका छन् । उनका अनुसार उक्त लेहेंगालाई सजाउनका लागि बोर्डेक्स रेशममा हातले रंगाइएको मखमली, रेशमको फूल, सुन चाँदीको धागो र गुलाबी क्रिस्टल स्फटिकको प्रयोग गरिएकोथियो । एजेन्सी

सम्बन्धित खबरहरु