टीकापुर । पुर्व अमेरिकी राष्ट्रिपति अब्रहाम लिङ्कनले कुनैंबेला भनेका थिए मान्छेहरु सबैं एकैं हुँदैनन । आज हामी यो कुरा किन पनि याद गरिरहेका छौं भने नेपाली जनताहरुको नजरमा कुनैंपनि नेता सही हँदैन । हरेक नेता जनतालाई लुट्नको लागि नैं हुन्छ भन्ने मानसिकता हाम्रो मनसपटलमा रहिरहेको छ । तर यो भिडभाडमा केही सिमीत व्यक्तिहरु हुन्छन जसलाई देख्दा वा थाहाँ पाउँदा तपाईलाई आफु नेपाली भएकोमा गौंरव गर्न मन लाग्छ र देशमा केही फरक हुन्छ कि भन्ने आशा पनि लाग्छ ।

कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईँ फेरि एकटक चर्चामा आएका छन् । बेला—बेला विभिन्न जनमुखी काम गरेर चर्चामा आईरहने उनी यसपटक नगरपालिकाले गाडी किन्न छुट्याएको बजेट सामुदायिक अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेर चर्चामा आएका हुन् । तेस्रो नगरसभाले गाडी किन्न छुट्याएको ७५ लाख रुपैयाँ कार्यपालिका बैठकमार्फत उनले वडा नम्बर १० मा बनाउन लागिएको अस्पतालका लागि खर्च गर्ने निर्णय गराएका हुन् । उनले गाडी किन्ने रकममा अन्य शीर्षकबाट झिकेर १५ लाख रुपैयाँ थप गरी अस्पताल निर्माणमा लगाउने निर्णय गरेका छन् ।

हालैं राष्ट्रपति विद्यादेवी भण्डारीले १८ करोडको गाडी मागिरहेको बेलामा नगर प्रमुखको यो निर्णय गत्तिलो झापड बन्ने देखिएको छ । उसैं त जनताको घोर विरोध पछि पनि सरकार गाडी किन्ने निर्णयबाट पछाडी हट्ने सम्भावना देखिएको छैन । के राष्ट्रपतिले साइकल चढ्नुपर्ने ? भन्दैं सरकार उल्टैं प्रतिप्रश्न गरिरहेको छ । मंसिर ९ गते बसेको कार्यपालिका बैठकले नगरपरिषद् को निर्णय परिवर्तन गरेको हो । नगरसभाले कार्यापालिकालाई शीर्षक परिवर्तन गरेर खर्च गर्न सक्ने अधिकार प्रत्यायोजन गरेको थियो ।

सम्बन्धित खबरहरु