बझाङ । नेपाल एक कृषिप्रधान मुलुक हो, नेपालको कृषि क्षेत्रमा राम्रो सम्भावना रहेको छ । नेपालमा केषिक्षेत्रमा न त सरकारी न त निजी नैं लगानि बढेको छ । नेपालमा तरकारी खेती, बाख्रा पालनबाट वर्षेनी लाखौं आम्दानी गर्ने नेपालीहरु नभएका पनि होईनन । नेपालमा त पर्याप्त सम्भावना छैंन भन्दैं आज नेपालको धेरैं उर्जाशिल समुह खाडी तिर ?म गरिरहेको छ । बझाङको खप्तड छान्ना गाउँपालिका–५ सुतारी गाउँका एक किसान केरा खेतीबाटै बार्षिक ३ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।

गाउँघरका अधिकांश युवा रोजगारीका लागि भारत गरेको समयमा प्रकाश खत्रीले भने गाउँमै केरा खेती गरेर बार्षिक ३ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका हुन् । केरा खेतीबाट कुनै सिजनमा बार्षिक ६ लाखसम्म आम्दानी हुने गरेको खत्री बताउँछन् । उनको घरका सदस्यसमेत केरा खेतीमै लागेका छन् । उनले ५ रोपनीमा केरा खेती गरेका छन् । अब खेती विस्तारको तयारी गरिरहेको उनले बताए । उनको यो व्यवसायबाट विदेशमा पसिना बगाउँन बाध्य नेपालीहरुका लागि र केही पैंसाका लागि विदेश जान चाहानेहरुका लागि ठुलो सिकाइ हुन सक्छ ।

सम्बन्धित खबरहरु