काठमाडौं । भारतमा सन २००८ दश बर्ष पहिले भएको आतंकवादी आक्रमण पछि समेत आतंकवादीलाई दण्डित गर्न पाकिस्तानमाथि कुनैं ठोस कदम चालिएको छैन । भारतीय विदेश मंत्रालय सोमवार एक बयान जारी गर्दै भनेको छ कि घटनाको दश वर्ष भैसक्दासम्म दोषि पत्ता नलाग्नु दुर्भाग्यको कुरा हो । मुम्बई हमलामा परि जम्मा १६६ जनाको ज्यान गएको थियो जसमा २८ जना विदेशी नागरिक रहेका थिए । अपराधीहरूको सजायको लागि पाकिस्तानलाई गम्भीरता देखाउनुपर्ने कुरामा भारत लगायतका केही देशहरुले जनाइरहेका छन ।

भारतीय विदेश मंत्री सुषमा स्वराजले अमेरिकाको बयानको स्वागत गरीन, जसमा उनले पाकिस्तानलाई आतंककारी संगठनहरूमा प्रतिबंध विरुद्ध कारबाही गर्न आग्रह समेत्त गरेकी छिन । उत्ता अमेरिकाले भने आक्रमणकारीहरूलाई जानकारी गर्नेहरूलाई ५० करोड नेपाली रुपैंया प्रदान गर्ने जनाएको छ । अमेरिकी विदेश मंत्री माइकल आर पोम्पियोले मुम्बई हमलाको घोर निन्दा गर्दै यस्तो इनामको घोषणा गरेका हुन । उक्त आक्रमणमा आधा दर्जन भन्दा धेरैं अमेरिकी नागरिकहरु पनि मारिएका थिए । एजेन्सी

सम्बन्धित खबरहरु