रुपन्देही । अहिले केपी शर्मा ओली नेतृत्वको सरकारको सकारात्मक भन्दा पनि धेरैं नकारात्म टिप्पणी धेरैं हुने गरेको छ । सरकार आक्रामक बन्दैं गएको विश्लेषण धेरैंको रहेको छ । नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले नेकपाको बहुमतको सरकारले नौ महिनामा महँगी, करको भार र असुरक्षा उपहार दिएको टिप्पणी गरेका छन् ।

उनले दुईतिहाइको शक्तिशाली सरकार अभिषाप सावित भएको बताए । पार्टीको केन्द्रीय बैठकमा लागि बुटवल आएका नेता गजुरेलले शनिवार बुटवलमा रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा भने, “समृद्ध नेपाल र सुखी नेपालीको भुलभुलैयामा चुनाव जिते, त्यसको सट्टा सरकारले महँगी, कर र असुरक्षा उपहार दियो ।” यो समाचार आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित खबरहरु