काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सर्वेन्द्र खनाललाई आईजीपीबाट हठात् हटाउनका लागि अभियान नै छेड्नुपर्ने बताएका छन् । आईजीपी खनाल मानव अधिकारको चरम विरोधी भएको उनको तर्क रहेको छ । ‘घैटेले प्रचलित कानूनको सामान्य उल्लंघन ग¥यो पनि होला, उसलाई मुठभेडको नाममा मार्ने व्यक्ति यही आईजीपी हो, त्यसैले यसलाई म कहिलै समर्थन गर्न सक्तिन’ थापाको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले बतायो । ‘निर्मला पन्त प्रकरणलाई कांग्रेसले उछाल्नु पर्ने तीन आयाम रहेको छ’ भन्दै थापाले प्रष्ट्याएको भन्दै स्रोतले भन्यो– ‘पहिलो, नेकपाको सरकारप्रति जनतामा अविश्वास र घृणा पैदा गराउने, सरकारलाई बलियो हुन नदिने, दोस्रो, अन्तर्राष्ट्रिय संघरसंस्था, जनमतलाई वामपन्थी सरकार महिलाको सुरक्षामा असफल छ भन्ने सावित गर्न, तेस्रो, कम्तीमा अनुसन्धानमा प्रहरीको असफलता सावित गरेर सर्वेन्द्र जस्ता मानव अधिकार विरोधी उच्च प्रहरी अधिकृतलाई बर्खास्त गरी प्रहरी अधिकारीहरुको मनोबल खस्काउने ।’

प्रहरी आईजीपीलाई तत्काल बर्खास्त नगरे यो आन्दोलन गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा समेत माग्ने आधार बन्ने आँकलन सांसद थापाको रहेको स्रोत बताउछ । निर्मला पन्तको न्यायको लागि चलेको आन्दोलनमा नेपाली कांग्रेसले देशैभरि व्यवस्थित ढंगले लागेर पार्टीको विग्रेको शाख पुनस्र्थापित गर्नुपर्ने गगन थापाको भनाइ रहेको बताइएको छ । साँघु न्यूजबाट

सम्बन्धित खबरहरु