काठमाडौं । आजको विज्ञान र प्रविधिको युगमा इन्टरनेटको निकैं ठुलो महत्व रहेको छ ।

आज हरेक दिनजसो नेपाल लगायत संसारभर मोबाइल फोन प्रयोग गर्ने र इन्टरनेटको सुविधा लिनेहरुको संख्या उल्लेखनीय रहेको छ ।

गएका केही वर्षहरुमा सामाजिक सञ्जाल प्रयोग गर्नेहरुको संख्या पनि ह्वात्तैं बढेको छ । यो बिचमा इन्टरनेटका लागि अहिले संसारमा सबैंभन्दा धेरैं वाइफाइ प्रयोग गर्ने गरिएको छ ।

आजको दिनमा संसारमा असम्भव भन्ने केही पनि छैन । विशेष गरेर चीनका लागि असम्भव केही पनि रहेको छैन ।

आज चीनको विकास र प्रविधि सबैंका लागि एक महत्वपुर्ण उदाहारण बन्न पुगेको छ । यो बिचमा संसारलाई चकित पार्ने अर्को उद्घोष चीनले गरेको छ ।

चीनको एक कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

यदि चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२० बाट विश्वका सबै मानिसले स्याटेलाइटको माध्यमबाट सीधै हाई स्पीड वाईफाई इन्टरनेट प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार, आगामी वर्ष चीनको गाँसु प्रान्तस्थित जिउकुआङ प्रक्षेपण केन्द्रबाट उक्त स्याटेलाइट लञ्च गरिनेछ ।

सन् २०२० सम्म अन्तरीक्षमा यस्ता १० वटा अरु स्याटेलाइट पनि पठाउने योजना छ ।

त्यस्तै सन् २०२६ सम्ममा अन्तरीक्षमा लिंकस्योरका यस्ता २ सय ७२ वटा स्याटेलाइट हुनेछन् । त्यसले पूरै विश्वमा निःशुल्क वाईफाई नेटवर्क उपलब्ध गराउनेछ ।

कम्पनीका सीईओ वांग जिग्यिंगका अनुसार, यस योजनालाई सफल बनाउन कम्पनीले झण्डै ५ हजार करोड रुपैयाँ बराबरको रकम लगानी गर्नेछ ।

चिनियाँ सञ्चार माध्यमहरुका अनुसार अन्तरीक्षबाट आउने वाईफाई नेटवर्कलाई मानिसहरुले सजिलैसँग आफ्नो स्मार्टफोनलगायतका ग्याजेटमा सजिलैसँग कनेक्ट गर्न सक्नेछन् ।

टेलिकम नेटवर्क तथा अन्य इन्टरनेट प्रदायकहरु नपुगेका र पुग्न सम्भव नदेखिने क्षेत्रहरुमा समेत अन्तरीक्षको उक्त नेटवर्कले काम गर्नेछ । रिपोर्टअनुसार, विश्वमा अहिले ३ अर्बभन्दा धेरै मानिसले इन्टरनेट प्रयोग गर्न पाएका छैनन् । एजेन्सीको सहयोगमा

 

सम्बन्धित खबरहरु