काठमाडौं । अहिले संसारभर श्रृङ्खला खतिवडाको चर्चा भइरहेको छ । उनको सोच र क्षमतालाई आजको दिनमा सबैंले आफ्नो आफ्नो ठाउँबाट मुल्याङ्कण गरिरहेका छन ।

उनी हाल चीनमा नेपाललाई संसारमा चिनाउँनको लागि परेकी छिन । यो कुरा पनि सत्य हो कि श्रृङ्खलालाई यो स्थानसम्म पुर्याउन देश विदेशमा रहने लाखौं करोडौं नेपाली र नेपालप्रमिहरुको ठुलो योगदान रहेको छ ।

हरेक प्रतियोगितमा हारजीत हुन्छ प्रतिस्पर्धिहरु पनि हुन्छन । खतिवडा नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल २०१८ को ताज पहिरिएकी यतिबेला चीनको सान्यामा मिस वर्ल्ड २०१८ को ताज नेपाल ल्याउन जोडतोडले कम्मर कसेर लागि परेकी छिन् ।

तर हिजोको “हेड टु हेड” च्यालेन्जको दोश्रो राउन्डमा भने उनी पराजित भएकी छिन् । हेड टु हेड च्यालेन्जको १३ औं समुहमा परेकी शृङ्खला समूह बिजेता बन्दै शृङ्खला पहिलो राउण्डमा पुगेकी थिइन् ।

उनी १३ औ हुदा धेरै नेपालिहरु यति धेरै भोट गर्दा पनि किन १३ औ स्थानमा भनेर असन्तुष्टि भएका थिए ।

तर उनी १३ औ स्थानमा नभएर १३ औ समुहमा रहेका थिए । त्यसैले उनी सो समुहको समुह बिजेता बनेकि हुन् । हिजोको राउन्डमा उनले दिइएको प्रस्तुति सबै नेपाली समर्थकले मन पराए तर सम्पुर्ण निर्णायकले मिस सिंगापुर भेनिसा पेहलाईको प्रस्तुतिलाई मन पराए । त्यसैले शृङ्खलाले पराजय बेहोर्नु पर्यो ।

९० सेकेण्डको सममा ब्युटी विथ प्रपोज प्रोजेक्टको रुपमा श्रृंखलाले मकवानपुरको एक दुर्गम चेपाङ्ग गाउँमा सुरु गरेको अभियानका बारेमा बोलेकी थिइन् । त्यहाका बासिन्दा शिक्षा स्वास्थ्यका बारेमा उनले आफ्नो अभिव्यक्ति दिएकी थिइन् ।

उनको जवाफको मिस वर्ल्ड २०१३ मेगान योङ, मिस वर्ल्ड २०१६ स्टेफनी डेल भले र मिस वर्ल्ड २०१७ मानुषी छिल्लरको मूल्यांकन गरेका थिए । सिंगापुरका भेनिसा पेह विजेता बने संगै टप ३० मा स्थान सुरक्षित भएकी हुन् ।

शृङ्खला यो राउन्डमा छानिएको थिइन् भने मिस वर्ल्डको अन्तिम ३० प्रतिष्पर्धीको रुपमा छानिन्थिइन । अहिले आएर शृङ्खला पराजित भएपनि निरास हुने ठाउँ पक्कै छैन । भोटको आधारमा शृङ्खलाको जित अझै पनि सुरक्षित छ । इन्डिया, युगान्डा, सिंगापुर, म्याक्सिको, थाईल्याण्डको प्रतिष्पर्धीहरु टप ३० मा पुग्न सफल भएका छन् ।

बाकी रहेका प्रतिष्पर्धीहरुलाई अझै पनि भोट गर्दै मल्टिमिडिया, व्युटि विथ पर्पज वा ट्यालेण्ट जिताउन सकिन्छ । यदि यो जितेको खण्डमा अझै अन्तिम फाईनलको लागि ३० मा पर्ने सम्भावना निक्कै छ ।

त्यसैले शृङ्खलालाई अझै भोटको जरुरत छ । नेपालीहरुको भोटले नै उनी अब फाईनलमा पुग्न सक्छिन । भोट गर्नको लागि यहि डिसेम्बर ८ सम्म समय छुट्याइएको छ । अझै शृङ्खलालाई निरन्तर भोट गरिरहनु होला ।

उनले सिंगापुरसँगको पराजय पछि एक भिडियो जारी गर्दै आफुले आफ्ना सर्मथकसँग माफि पनि मागेकी छिन ।

उनले सिंगापुरले क्षमताको आधारमा नैं आफुलाई हराएको भन्दैं सामाजिक सञ्जालहरुमा नेपालले ज्तिनुपर्ने तर सिंगापुरले कसरी जित्यो भन्ने खालका प्रतिकृयाहरु नदिने सार्वजनिक रुपमा सबैंसँग अपिल पनि गरेकी छिन । उनले यस्तो व्यवहारले हामी नेपालीहरुको छवी खराब हुनसक्ने कुरामा चिन्ता व्यक्ति गरेकी छिन । भिडियो हेर्नुहोस

 

सम्बन्धित खबरहरु