काठमाण्डौ । नेपालकै एक प्रतिष्ठित सञ्चार उद्योग अब उद्योगी ब्यावसायी अजय सुमार्गीको पोल्टामा पुगेको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालको रकमलाई लगानी गरेर चकाचक बनेका भनिएका सुमार्गीले निक्कै ठूलो धनराशीमा उक्त मिडिया खरिद गरेका हुन् । ७५ करोड रुपैयाँ अंश लिएर दश बर्ष अघि कान्तिपुर पब्लिकेशनबाट छुट्टिएका विनोदराज ज्ञवालीले ठूलो सञ्चार उद्योगबाट बाहिरिने निर्णय गरेका छन् ।

कान्तिपुरकै आकारको सञ्चार गृह खडा गर्ने सपना बोकी उनले पिताजी हेमराज ज्ञवालीको अभिभाकत्वमा नेपाल रिपब्लिक मिडियाको स्थापना गरेका थिए । स्थापनाकालदेखि नै विभिन्न खालका उत्तारचढाव झेल्दै आएको रिपब्लिक मिडियाले नेपाली बजारमा प्रतिस्पर्धा गर्न नसकेपछि आर्थिक संकट चुलिएको थियो । रिपब्लिक मिडिया डुब्नुमा विनोदराज ज्ञवाली पत्नी शोभा र छोरी समृद्धि मुख्य कारक रहेको त्यहा“ कार्यरत पत्रकारहरु बताउ“छन् । पिता हेमराज ज्ञवालीको नेतृत्व रह“दा रिपब्लिक मिडियाका प्रकाशनहरुले साँच्चिनै कान्तिपुरलाई टक्कर दिन्छ कि भन्ने चर्चा भइरहन्थ्यो । जब, पितालाई बुहारी शोभाले अध्यक्षबाट हटाइन त्यही दिनबाट नेपाल रिपब्लिक मिडियामा संकट सुरु भएको पत्रकार र कर्मचारीहरुको भनाई छ । पिताजी हेमराज ज्ञवालीको केही महिना अघि निधन भैसकेको छ ।


रिपब्लिक मिडिया छोटो अवधिमा सबैभन्दा धेरै सम्पादक फेर्ने सञ्चार गृहका रुपमा रहेको छ । स्थापनादेखि हालसम्म नागरिक दैनिकमा मात्र आधा दर्जन सम्पादक फेरिए । युवराज घिमिरे, प्रतीक प्रधान, किशोर नेपाल, नारायण वाग्लेसम्मका नेपाली पत्रकारिताका हस्ती मानिएका सम्पादकहरुले काम गरेको रिपब्लिक मिडियाका प्रकाशनहरु नेपाली बजारमा जम्न सकेनन् । डा. भक्तमान श्रेष्ट अपहरण, दिलशोभा जस्ता व्यक्तिका बारेमा बेला बेलामा विवादास्पद समाचार प्रकाशनले गर्दा कम्पनीले राम्रो व्यापार गर्न सकेन, दिन प्रतिदिन हालत खराब हुँदै गयो अन्तत संस्थापक अध्यक्ष हेमराज ज्ञवाली बितेको केही महिनामै नेपाल रिपब्लिक मिडिया हाउस बिक्री नै गर्नुपर्ने बाध्यता ज्ञवाली परिवारलाई आइलाग्यो । सञ्चार उद्यम अधोगति लाग्नु र त्यसबाट हात झिक्नुको एक कारण शोभा र समृद्धिको ब्यवस्थापकीय क्षमता कम हुनु त्यही कार्यरत पत्रकार र कर्मचारी बताउछन् । बैकको ऋण र ब्याज तिर्न नसकेर पटक पटक सूचना प्रकाशित हुने लिलामीका सूचनाबाट दिक्दार भएका विनोदले इमाडोलको प्रेस भएको लगभग ३३ रोपनी जग्गा समेत बेचे । जग्गा बेच्दै बैंक ऋण तिर्दै पत्रिकाको खर्च धान्दै गर्दा उनले कम्पनी बेच्न ब्यापारिक घराना केएल दुगड समूहदेखि दक्षिण कोरियास्थित युनिफिकेशन चर्चसम्मलाई अफर गरेको स्रोतले बतायो ।

तर, नेपालका नबधनाड्य तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका व्यापारिक साझेदारको आरोप लाग्ने गरेका अजयराज सुमार्गीले नेपाल रिपब्लिक मिडिया खरिद गर्ने टुङ्गो लागेको स्रोतको दावी छ । अजयराज सुमार्गी र कैलाश सिरोहियाको झगडापरेपछि कान्तिपुर मिडिया ग्रुप (केएमजी) को खेदाईको पीडा भोगेका सुमार्गीले एउटा सशक्त मिडियाको आवश्यकता महसुस गरेका थिए । कान्तिपुरको समाचारबाट पीडित भएका सुमार्गीले काठमाडौं जिल्ला प्रशासनमा कैलाश सिरोहियाबाट आफू असुरक्षित, पीडित भएकाले आफ्नो जीवन तलमाथि परेमा सम्पूर्ण दोषको भागिदार कैलाश सिरोहिया हुनु पर्ने भन्दै जीउधनको सुरक्षा माग गरेर निवेदन समेत दिएका थिए ।
सुमार्गीबाट नेपाल रिपब्लिक मिडिया कति रुपैयाँमा खरिद बिक्री हुन लागेको भन्ने हाल खुलेको छैन । तर, प्रेस र प्रेसले चर्चेको १० रोपनी जग्गा समेत सय करोड रुपैयाँको हाराहारीमा खरिद बिक्री हुन थालेको बजारमा हल्ला छ । तर, ज्ञवाली परिवार निकट स्रोतका अनुसार, केही अंश शेयर राखेर सुमार्गी समूहलाई ठूलो शेयर विक्री गरेको दावी छ। सुमार्गी समूहले खरिद गर्ने नेपाल रिपब्लिक मिडिया कम्पनीसंग नागरिक दैनिक ब्रोडसिड, रिपब्लिका अंग्रेजी दैनिक, शुक्रबार साप्ताहिक, परिवार मासिक म्याग्जिन, नागरिक न्यूज अनलाइन पोर्टल र नागरिक रेडियो गरी आधा दर्जन सञ्चार माध्यम रहेका छन । सुमार्गी समूहसंग थाहा एफ एम रेडियो र थाहा न्यूज डटकम गरी दुइटा सञ्चार माध्यम सञ्चालनमा छन् । नेपाल रिपब्लिक मिडिया कम्पनी खरिदपछि सुमार्गी समूहले दुबै कम्पनीका संचार माध्यमहरुको ब्यवस्थापन कसरी गर्ने हुन् भन्ने प्रश्न पनि पत्रकारहरुले गर्न थालेका छन् । यो खबर २०७५ मङ्सिर १० गतेको साँघु साप्ताहिकमापनि प्रकाशन भएको थियो ।

सम्बन्धित खबरहरु