बेरोजगार युवाका लागि स्थानीय सरकारको क्यारमबोर्ड उपहार ! [एक लाख भन्दा धेरैं विनियोजन]


बाँके । नेपालमा बेरोजगारी समस्या कत्ति छ त्यसको बारेमा सायदैं भनिरहनु पर्दैन । आज हामी त्यही विषयमा जोडिएर कुरा गर्दैछौं कुनैं पनि नेताले त्यस देशमा भएको बेरोजगारीलाई निर्मुल अर्थात कम गर्न के सम्म गर्न सक्ला ? भौंतिक निर्माण लगायतका पर्यटनका क्षेत्रहरुमा विकास गर्छ । उसको देश वा समाजसुहाउदो वातावरण निर्माण गर्छ जसले समाजिक रुपमा सबैंलाई लाभ लिन सहज हुनछ । यस्तैं नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ११ ले बेरोजगार युवाहरुका लागि क्यारमबोर्ड खरिद गरी वितरण गरेको छ ।

क्यारमबोर्ड खरिदका लागि एकलाख रुपैयाँ बजेट छुट्टाइएको जानकारी दिँदै वडा अध्यक्ष उज्जवलसिंह राठौंरले अहिलेसम्म चारवटा टोलमा क्यारमबोर्ड वितरण गरिएको बताउनुभयो । नाम नबताउने शर्तमा एकजना वडासदस्यले युवाहरुलाई खुशी बनाउन क्यारेमबोर्ड बाँडेको बताएका छन । सामाजिक रुपमा उच्च तहमा बसेका व्यक्तिहरुको यस्तो सोचले नेपाली समाज कहाँ जाने हो त्यस बारेमा हामी सबैं जनताहरुले समयमा नैं सोच्नुपर्ने समय आएका एक स्थानीयले जनाएका छन ।

क्यारमबोर्ड खेलमा ठूलो जुवा समेत हुने गरेको भन्दै प्रहरीले नियन्त्रणको प्रयास गर्दै आएको छ । वडाको बजेटबाट नयाँ क्यारमबोर्ड पाएपछि क्यारम खेल्ने युवाहरु खुशी भए पनि अधिकांशले सरकारी बजेटको दुरुपयोग भएका दाबी गरेका छन् । अधिकारकर्मी प्रकाश उपाध्यायले वडाको बजेटबाट क्यारमबोर्ड खरिद गरी वितरण गर्नु स्थानीय सरकारकै लागि गलत ट्रेन्ड हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

शिक्षा
स्नातक तहको विभिन्न संकायको विभिन्न सेमेष्टरको नतिजा प्रकाशित [नतिजासहित]
स्नातक चौथो वर्षको समयतालिका प्रकाशित [तालिकासहित]
आयो कक्षा ८ को परीक्षा रुटिन
स्नातक प्रथम वर्षको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तह दोस्रो सेमेष्टरको परीक्षा फारम सम्बन्धि विशेष सूचना
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !