काठमाडौं । आजको दिनमा पैंसाको महत्व सबैंलाई जानकारी छ । धन सम्पती कमाउनको लागि मानिसले अनेक प्रकारका कुराहरु गरिहरेका छन । सात वर्षको एक बालकले कति पैसा कमाउन सक्छ रु तपाईं भन्नुहोला यति सानो उमेरको बच्चाले पनि कहीँ काम गर्छ र पैसा कमाउनलाई । तर नन्हे रेयान सात वर्षका बालक हुन् । उनी हरेक हप्ता खेलौनाको रिभ्यू गरेर युट्यूबबाट राम्रो आम्दानी गरिरहेका छन् । रियानले गएको वर्ष ११ मिलियन डलर कमाएका थिए । तर यो वषै उनको कमाइ २२ मिलियन डलर अर्थात् २ अर्ब ४७ करोड रुपैयाँ भएको छ ।

उनको भिडियो युट्यूबमा करोडौं मानिसले हेर्ने गरेका छन् । उनी रेयान टोयजरिभ्यू नामको युट्यूब च्यानल चलाउँछन् । यो यूट्यूब च्यानलबाट रेयानले भ्यूअर्सलाई खेलौनाको दुनियामा लैजान्छन् । फोर्ब्स् म्यागाजिनले उनलाई सन् २०१७ मा अधिक भुक्तानी पाउनेको सूचीमा राखेको थियो । सन् २०१५ मार्चमा सुरु भएको रेयान टोयजरिभ्यूको भिडियो अहिलेसम्म १६ अरबभन्दा बढी मानिसले हेरिसकेका छन् ।

रेयानको एउटा भिडियो ९० करोड बढीले हेरेका छन् । सन् २०१५ को मार्चदेखि सुरु भएको युट्यूब च्यानलले सन् २०१६ को जनवरी मै १० लाखभन्दा बढी सब्सक्राइबर्स पायो । अहिले रेयानको च्यानलमा एक करोड बढी सब्सक्राइबर्स छन् । आजको दिनमा प्रविधिको प्रयोग गरेर आजको दिनमा घरमा बसेर मानिसहरुले फरक तरिकाले सम्पती कमाइरहेका छन । यो भिडभाडमा यि बालकको पनि नाम समावेश भएको छ । एजेन्सी

सम्बन्धित खबरहरु