मुम्बई । हालैं बैंवाहिक बन्धनमा बाँधिएकी बलिउड देखि हलिउडसम्मको यात्रा गरेकी देसी गर्ल प्रियंका चोपडाको चर्चा अहिले संसारभर भइरहेको छ । उनी चर्चामा आउँनुका कारणहरु धेरैं रहेका छन । उनले आफुभन्दा ११ वर्ष कम उमेरको केटासँग विवाह गरेर पनि चर्चामा रहेकी छिन । तर यो पटक उनी चर्चित हुनुको पछाडी उनको पहिरहन रहेको छ । प्रियंका चोपडाले आफ्नो विवाहमा लगाएको पहिरन सेतो र ७५ फुट लामो यो के हो ?

बलिउड अभिनेत्री प्रियंका चोपडाले बुधवार आफ्नो इन्स्टाग्राममार्फत् आफू बेहुली बन्दा लगाएको यो ुवेडिङ गाउनु सार्वजनिक गरिन्। प्रियंका र अमेरिकी कलाकार निक जोनासले गत साता भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा विवाह गरेका थिए। बीस लाखवटा सिताराजडित सो पहिरन राल्फ लोरेनले डिजाइन गरेका थिए। सबैको ध्यान भने उनको घुम्टोले तान्यो। केही महिनाको गहिरो प्रेमपछि प्रियंका र जोनासले यसै वर्षको ग्रीष्मकालमा आफूले विवाह गर्न लागेको घोषणा गरेका थिए। अहिले इन्टर्नेटमा मानिसहरूले उनको पहिरनबारे चर्चा गर्न थालेका छन्। धेरै ठूलो भएकाले त्यो घुम्टो बोक्न अरूको सहयोग आवश्यकता परेको थियो। र, केही व्यक्तिले त त्यसलाई अन्य कुरासँग तुलना पनि गरेका छन्।

केहीले प्रियंकाको घुम्टोले डचेस अफ ससेक्स मेगन मार्कलको १६ फुट लामो घुम्टोलाई जितेको भनेर टिप्पणी गरेका छन्।प्रियंका चोपडाको यो पहिरनमा हातले नै मोती भरिएको थियो।शनिवार जोधपुरको उम्मेद भवन राजमहलमा आयोजित समारोहमा यो पहिरन लगाएकी थिइन्। ईसाई परम्परानुसार आयोजित विवाह जोनासका पिता पल केविनले सम्पन्न गराएका थिए। उनी आफैँ पादरी हुन्।

तीन दिनसम्म चलेको उनीहरूको विवाहको कार्यक्रममा आइतवार हिन्दू परम्परानुरूप अनुष्ठानहरू गरिएको थियो।पिपल म्यागजिनसँग कुराकानी गर्दै प्रियंकाले आफ्नो विवाह धार्मिक मिश्रण भएको बताएकी छन्। उनले भनिन्, “हामी जुन सुन्दर परम्पराहरूमा हुर्कियौँ तिनलाई आफ्नै तरिकाले सामेल गर्‍यौँ।” छत्तीस वर्षीया प्रियंका चोपडाले आफ्नो प्रेमसम्बन्ध सार्वजनिक भएको केही दिनमै त्यसको पुष्टि गरेकी थिइन्।

मोदीसँग देखियो सम्बन्ध

उनको प्रधानमन्त्री नरेन्द्र मोदीसँग राम्रै सम्बन्ध रहेको देखिएको छ । उक्त फंसनमा मोदीपनि पुगेका थिए । मोदीसँग प्रियंका निक्कै गफिइन् । र खुलेर हासेको खुशी भएका दृष्य बाहिर आए ।

एउटा अन्तर्वार्तामा उनले दुई जनाबीच सबैभन्दा पहिले सेप्टेम्बर २०१६ मा कुराकानी सुरु भएको बताएकी थिइन्।मे २०१७ मा मेट गाला नामक एक कार्यक्रममा उनीहरू दुवै जनालाई सँगै देखिएको थियो र उनीहरूले राल्फ लोरेनले डिजाइन गरेको लुगा लगाएका थिए।त्यसको एक वर्षपछि नै दुवैको सम्बन्धबारे समाचार आउन थालेको थियो। प्रियंका बलिउडमा सबैभन्दा धेरै कमाउने अभिनेत्रीमध्ये पर्छिन्। सन् २००० मा मिस वर्ल्डको उपाधि जितेकी उनले ५० वटाभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन्।उनले अमेरिकी चलचित्र उद्योगमा पनि अभिनय गरेकी छन्। टेलिभिजन शृङ्खला क्वान्टिको बाहेक अन्य केही चलचित्रमा पनि उनी देखा परेकी छन्। हालैं बलिउडमा रनवीर र दिपीकाले पनि धुमधामसँग विवाह सम्पन्न गरेका थिए । बीबीसीको सहयोगमा

सम्बन्धित खबरहरु