नेपाल राष्ट्र बैंक पैसा ब्याजमा लगाउने बन्यो, १० अर्ब लगानी गर्ने


काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु १० अर्ब १५ करोड ८६ लाख लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेका रकम आगामी पुस १ देखि २०७६ मङ्सिर ३० गतेसम्म ३६६ दिनमा त्रैमासिकरुपमा व्याज भुक्तान हुने गरी लगानी गर्न लागिएको हो । बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदरसमेत खुलाइ आवेदन दिन केन्द्रीय बैंकले जनाएको छ ।

बैंकले यही मङ्सिर २३ गते अपराह्न ३ बजेसम्म वित्त व्यवस्थापन विभागमा आवेदन दिन आज एक सूचनामार्फत आग्रह गरेको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई रु आठ अर्ब १२ करोड ६९ लाख, ‘ख’ वर्गका राष्ट्रिय बैंकलाई रु एक अर्ब ५२ करोड ३८ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्तमा रु ५० करोड लगानी गर्ने जनाएको छ ।

बैंकले त्यसका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष पूरा भएको, बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशत वा सोभन्दा बढी नरहेको, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा क्षेत्रभित्र रहेको र अघिल्लो आर्थिक वर्षमा बैंक मुनाफामा रहेको हुनुपर्नेछ । यस्तै घर जग्गा कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, लगानी गर्ने संस्थाको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई कुनै पनि कारवाही नगरेको तथा कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महीना पूरा भएको हुनुपर्नेछ । बैंक तथा वित्तीय संस्था समस्याग्रस्त भएको भए कारवाही फुकुवा भएको छ महीना पूरा भएको र सर्वसाधारणका लागि छुट्याइएको शेयर बिक्री गरेको हुनुपर्ने शर्त बैंकले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
प्रबीण तह, स्नातक र स्नातकोत्तरमा पास गर्न नसकेकालाई खुल्यो अन्तिम मौका परीक्षा
त्रिभुवन विश्वविद्यको यस्तो छ स्ववियु निर्वाचनको तयारी
स्नातक दोश्रो बर्षको नतिजा प्रकाशित
कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक [पहिलो दिन अंग्रेजी]
शिक्षक लाइसेन्स बिना पढाउन पाइने
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !