डिजिटल सवारी चालक लाईसेन्स कमसल भएकाले यसरी केहिदिनमै बिग्रिनेछ, त्यसपछि हुनेछ यति धेरै झन्जट !


ललितपुर । सवारी चालक अनुमतिपत्रमा रहेको चिप (धातुको टुक्रा) झर्दा सेवाग्रही हैरान छन् । कमजोर गुणस्तरका कारण चिप झर्ने गरेको यातायात व्यवस्था कार्यालय, प्रदेश नं ३ कार्यालयले जनाएको छ । टुक्रा खसेको गुनासो लिएर दैनिक सेवाग्राही आइरहेको शाखा अधिकृत रमेश पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विभागलाई यसबारे जानकारी गराएका छौँ ।”

चालक अनुमतिपत्रबाट टुक्रा खसेपछि सिन्धुलीका करण थापा एकान्त कुनास्थित कार्यालय पुग्नुभयो । चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा पास गरेको १० महीनापछि मात्र उहाँले अनुमतिपत्र पाउनुभयो । “टुक्रा खसेपछि ट्राफिक प्रहरीले समेत शङ्का गर्छ,” उहाँले भन्नुभयो, “ट्रायल पास गरेर लिएको अनुमतिपत्र सक्कली हो भन्ने प्रमाणित गर्न गाह्रो हुन्छ ।”

यातायात व्यवस्था कार्यालय प्रदेश मातहतमा गए पनि अहिलेसम्म सबै काम सङ्घले नै गरिरहेको छ । अरु कुराको गुनासो जसरी चालक अनुमतिपत्रमा देखिएको समस्याका बारेमा विभागलाई नै भनिरहेको उहाँले बताउनुभयो । कहिले स्मार्ट चालक अनुमतिपत्र छपाइमा ढिलाइ त कहिले टुक्रा खस्ने र कहिले सफ्टवेयरमा समस्या आउँदा कार्यालयले सेवाग्राहीलाई विभाग पठाउने गरिएको छ । नीतिगतरुपमा निर्णय भए पनि व्यावहारिकरुपमा विभागलाई नै कार्यालयले समस्या आउँदा सिफारिश गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
प्रबीण तह, स्नातक र स्नातकोत्तरमा पास गर्न नसकेकालाई खुल्यो अन्तिम मौका परीक्षा
त्रिभुवन विश्वविद्यको यस्तो छ स्ववियु निर्वाचनको तयारी
स्नातक दोश्रो बर्षको नतिजा प्रकाशित
कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक [पहिलो दिन अंग्रेजी]
शिक्षक लाइसेन्स बिना पढाउन पाइने
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !