मिस वल्डको ६५ बर्षे इतिहासमा नेपाली छोरी शृंखलाले तोडिन रेकर्ड : दुनियाँ बन्यो चकित [सेयर गरौ]


काठमाडौ । विश्व सुन्दरी प्रतियोगिताले ६५ बर्षे लामो इतिहासको यात्रा तय गरेको छ । यो इतिहासमा नेपालकी छोरी मिस नेपाल श्रृंखला खतिवडाले विश्व नै चकित हुने गरी नयाँ रेकर्ड राखेकी छिन् । चीनमा जारी मिस वर्ल्ड अन्तरगत मल्टिमिडिया अवार्ड जितेकी छिन् । यससँगै अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ । सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै सो महत्वपूर्ण अवार्ड जितेकी हुन् । नेपालकी प्रतियोगीले यो अवार्ड जितेको पहिलोचोटि हो । यो नेपालका लागि पहिलो इतिहास हो ।

बिभिन्न मल्टिमिडिया प्लेटर्फममा भएको फ्यान फलोइङ र भोटिङलाई हेरेर श्रृंखलालाई विजेता घोषित गरिएको मिस वर्ल्डको आधिकारिक इन्टाग्राम पेजमा जनाइएको छ । मेक्सिको र केन्याका सुन्दरी दोस्रो र तेस्रो स्थानमा छन् । यसैगरी सान्या टुरिज्म भिडियो च्यालेन्जमा पनि श्रृंखला तेस्रो स्थानमा रहेकी छिन् ।

मिस वल्डमा सृंखलाले ११७ प्रस्तिश्पर्धि लाई पछी पार्दै फाईनलमा आफ्नो स्थान सुरक्क्षित राखेकी हुन। मिस वल्डले समजमा कुनै नयाँ सामाजिक काममा आफ्नो सहभागिता हुनु पर्नेछ । त्यसैले उनले हेटौडामा चेपांग बस्ति निर्माण गरेकी हुन् । सृंखला पुल्ल्चोक इन्जिनियरिंग क्याम्पस बाट आर्किटेक्ट पास गरेकी हुन भने २०१८ को मिस नेपाल बिजेता समेत हुन ।

नेपालि चेलीले बिश्व ईतिहासमा नेपाल र नेपालीको नाम राख्दै छिन भने यो कुरा सारा नेपालीको लागि खुशीको खबर भएको छ । नेपालि हरु हरेक कुरामा अगाडी छन भन्ने यो गतिलो उदाहरण बनेको छ। नेपालि हरु पनि पछिल्लो समय आफुमा भएको प्रतिभालाई अझ निखारेर अब्बल दर्जामा पुगेको धेरै देख्न सकिन्छ । त्यस्तै अर्की चेली मेनुका पौडेलले भारतमा आफ्नो कला प्रश्तुत गरेर सबैको मनमा बस्न सफल भएकी छिन । हेरौं अबको यात्रा कस्तो हुनेछ नेपालि चेली शृंखला खतिवडाको । हाम्रो पनि आगामी दिनको लागि शुभकामना ।

प्रतिक्रिया दिनुहोस्