काठमाडौ । बलिउडकी हट एण्ड सेक्सी अभिनेत्री सन्नी लियोनीले नेपाली चलचित्रमा पनि आइट नृत्य गरेकी छन् । लन्डनमा छायाँकन गरिएको चलचित्र ‘पासवर्ड’मा उनले नेपाली गीतमा कम्बर मर्काएकी हुन् । सन्नीको गीत पनि लण्डनमा छायाँकन गरिएको हो । सन्नीको गीतका लागि मात्र निर्माण युनिटले ५ करोर्ड खर्च गरेको दाबी गरेको छ।

सन्नीले नेपाली गीत ‘सन्नी हो नाम मेरो‘’ आइटम गरेकी हुन् । उनलाई गीतमा कोरियोग्राफर विष्णु देभाले कोरियोग्राफी गरेका थिए। विष्णु देभाले बलिउडमा सलमान खान देखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका चलचित्रमा समेत नृत्य निर्देशन गरिसकेका छन् । सन्नीले नाचेको गीतको संगीत अर्जुन पोखरेलले गरेका हुन् ।

सन्नी गीतको लागि ७ जनाको टिम सहित लण्डन पुगेकी थिइन् । गीतमा सन्नीलाई २ सय बढि डान्सरले साथ दिएका छन् । जसका लागि नेपाल र भारतका डान्सर समेत प्रयोग गरिएको छ । सन्नीले नेपाली चलचित्रमा आइट गरेको यो पहिलो हो । उनको आइटका केही तस्बिर समेत अहिले बाहिर आएका छन् ।

‘पासवर्ड’मा सम्रट बस्नेतको निर्देशन रहेको छ । कथा र स्कृनप्लेले सन्नीको नृत्य मागेकोले चलचित्रमा राखिएको निर्देशक सम्राटेल बताए । २ दर्जनबढि चलचित्रमा द्वन्द्व निर्देशन गरेका सम्राटको यो निर्देशनजमा डेब्यु चलचित्र हो ।

सम्बन्धित खबरहरु