क्यानडामा चिनियाँ वरिष्ठ अधिकारी पक्राउ ! [क्यानडाका प्रधानमन्त्री भन्छन हामीलाई थाहा छैन]


काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चिनियाँ मोबाइल कम्पनी हुवावेकी वरिष्ठ अधिकारी पक्राउमा आफ्नो सरकारको संलग्नता नरहेको बताएका छन् । हुवावेकी वरिष्ठ अधिकारी मेङ वाङ्जुलाई अमेरिकी सुरक्षा निकायको आग्रहमा पक्राउ गरिएको र त्यसमा कुनै राजनीतिक पूर्वाग्रह नरहेको उनले बताएका हुन् ।

उनलाई डिसेम्बर १ मा भ्यानकुभरबाट हिरासतमा लिइएको भए पनि अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको छ । वाङजुलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन । उनलाई सुपुर्दगी गर्नेबारे आज सुनुवाई हुने बताइएको छ । क्यानडाका अधिकारीहरुले उनलाई पक्राउ गरिएको बारे थप विवरण दिन अस्वीकार गरेका छन् ।

यसैबीच चीनले मेङ्गको पक्राउ मानवअधिकारको गम्भीर उल्लंघन भएको जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले विनाकुनै कारण पक्राउ गरिनु मानवअधिकारको गम्भीर उल्लंघन हुनु हो भनेका छन् । चीनले क्यानडासमक्ष उनलाई पक्राउ गर्नुपर्ने कारण प्रष्ट पार्न चेतावनी दिएको छ । चीनले पक्राउ परेकी मेङ्ले अमेरिका तथा क्यानडाको कुनै पनि कानुन उल्लंघन नगरेको दाबी गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

शिक्षा
स्नातक चौथो वर्षको समयतालिका प्रकाशित [तालिकासहित]
आयो कक्षा ८ को परीक्षा रुटिन
स्नातक प्रथम वर्षको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तह दोस्रो सेमेष्टरको परीक्षा फारम सम्बन्धि विशेष सूचना
ओली सरकारले देशभरीका स्रोत व्यक्तिलाई यसरी शिक्षकमा समायोजन गर्ने
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !