प्रधानमन्त्री ओलीको बुद्धिजीवीहरूलाई चुनौंति ! [बहस गर्दा थला पार्ने चेतावनि]


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बुद्धिजीवीहरूलाई जवाफ दिन थाले उनीहरू थला पर्ने दाबी गरेका छन्। ‘कुनै–कुनै बुद्धिजीवीका टिप्पणी अत्यन्तै असभ्य र तल्लोस्तरका देख्छु । त्यस्तालाई मैले जवाफ दिँदा थला पर्ने सम्भावाना हुन्छ,’ बुधबार साँझ जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रस्तोताले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले ओलीले भने,“म उहाँहरूलाई थला पार्न चाहन्न, उहाँहरूलाई म जान्छु।”

प्रधानमन्त्री ओलीले आफूले त्यस्ता बुद्धिजीवीले वादविवाद गर्न अथवा सत्यहरूका सम्बन्धमा बहस गर्न इच्छा गर्नुभएको होकि होइन भन्ने बारेमा आफूले सोध्न पनि चाहेको बताएका छन् । उनले भने,“उहाँहरू असभ्य ढंगले पनि बोल्नु पनि भएको छ। त्यसमा अलिकति असलियत बाहिर आउँदा के हुन्छ ? अलिक विचार गरे हुने हो।” एशिया प्यासिफिक सम्मेलनमा सरकारको सहभागिताको आलोचना गर्दै लेख लेखेका राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनालले बीबीसीसँग कुरा गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति टिप्पणी गरेर भने, ‘उहाँले यो मुलुकका सबैलाई दास भन्ठान्नुभएको छ।”

प्रधानमन्त्रीले सरकारबाट पेन्सन, सुविधा र भत्ता खानेहरूले जथाभावी अनुत्तरदायी ढङ्गले बोल्ने प्रवृत्ति देखिएको बताउँदै गोपनीयताको वास्ता नगरेको आरोप लगाएका छन् । खनालले अवकाश पाएका कर्मचारीलाई सरकारको कामबारे टिप्पणी गर्ने हक भएको बताउँदै त्यसको प्रतिवाद गरे। उनले भने, “उहाँले के खाइरहनुभएको छ ? उहाँले आफूखुसी गर्दा त्यसबारे टिप्पणी हुँदा अनुकूल नमान्ने ?”

एशिया प्यासिफिक सम्मेलन आफूले पाएको सम्मानबारे गरिएका टिप्पणीप्रति असन्तुष्टि दर्शाउँदै प्रधानमन्त्रीले भनेका छन्, “मसँग सत्यहरूको सम्बन्धमा बहस गर्न इच्छा गर्नुभएको हो कि होइनरु उहाँहरूलाई म सोध्न चाहन्छु, जवाफ दिऊँ ? ” प्राध्यापक खनालले विगतमा यो भन्दा पनि चर्को चेतावनी नेपाली बुद्धिजीवीले सामना गरिसकेको बताउँदै प्रधानमन्त्रीले चेतावनी दिन खोजेको भए त्यो हास्यास्पद हुने बताए ।

प्रतिक्रिया दिनुहोस्