नेपालमा भयो अनौंठो चमत्कार एक बाख्राले पायो ६ वटा पाठापाठी !


लमही । दाङमा एउटा बाख्राले ६ वटा पाठापाठी पाएको छ । तुलसीपुर उपमहानरपालिका–९ बेलुवाका लालबहादुर खड्काले पालेको बाख्राले ६ वटा पाठापाठी पाएको हो । तीमध्ये एउटा पाठो जन्मिने वित्तिकै मरिसकेको छ भने चारवटा पाठी र एउटा पाठा गरी पाँचवटा जीवित रहेको स्थानीयबासी गिरीराज न्यौपानले बताउनुभयो ।

बाख्रा स्थानीय काठे जातको भए पनि ‘वनशङ्कर’ जातको बोकासङ्ग क्रस गराएपछि ६ वटा पाठापाठी पाएको किसान लालबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार यसअघि बाख्राले दुई वटा पाठा पाएको थियो । एउटा बाख्राले ६ वटा पाठापाठी पाएको घटना दाङमा नयाँ भएको पशुसेवा कार्यालय तुलसीपुरका पशु विकास अधिकृत सुदाम भट्टले जानकारी दिनुभयो ।

यसअघि दाङमा तीनवटासम्म पाठापाठी पाउने गरेको भए पनि ६ वटा पाउनु नौलो घटना भएको उहाँले बताउनुभयो । एउटा बाख्राले बढीमा तीनवटासम्म हुर्काउनसक्ने भन्दै जीवित रहेका पाँचवटा पाठापाठीलाई हुर्काउन बाहिरी आहारामा ध्यान दिनुपर्ने पशु विकास अधिकृत भट्टको भनाइ छ । बाख्राको एउटा बच्चालाई आफ्नो शरीरको तौलको १० भागमध्ये एकभाग दूध चाहिने उहाँले बताउनुभयो । तर त्यति दूध एउटै बाख्राले उत्पादन गर्न नसक्ने पशु विकास अधिकृत भट्टको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

शिक्षा
स्नातक चौथो वर्षको समयतालिका प्रकाशित [तालिकासहित]
आयो कक्षा ८ को परीक्षा रुटिन
स्नातक प्रथम वर्षको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तह दोस्रो सेमेष्टरको परीक्षा फारम सम्बन्धि विशेष सूचना
ओली सरकारले देशभरीका स्रोत व्यक्तिलाई यसरी शिक्षकमा समायोजन गर्ने
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !