काठमाडौँ रातोपुलमा प्रहरीले गुण्डा नाइकेमाथि गोलि चलायो !


काठमाडौं । अहिले उपत्यकामा गुण्डागर्दि केहीहदसम्म कम भएको ब्याख्या भइरहेको छ । काठमाडौँको रातोपुलमा शुक्रबार प्रहरीसँगको गोली हानाहानमा इटहरीका राजन लिम्बु घाइते भएका छन् । लिम्बुसँग गोली र पेस्तोल भएको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा गोली हानाहान भएको प्रहरीले दाबी गरेको छ । लिम्बुको साथबाट चार राउण्ड गोली र एउटा पेस्तोल बरामद भएको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।शुक्रबार दिउँसो भएको उक्त घटनामा प्रहरीको गोली खुट्टामा लागेर घाइते भएका लिम्बुको प्रहरी नियन्त्रणमा उपचार भइरहेको समेत महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्