पैसा ठिक्क पार्नुहोस् यो हाइड्रोले साधारण शेयर बिक्री गर्दै


काठमाडौ । साधारण शेयर बिक्रीको तयारीमा रहेको सयपत्री हाइड्रोपावर लिमिटेडको वित्तीय अवस्था कमजोर रहेको पाइएको छ । वित्तीय अवस्थाका बारेमा विश्लेषण गरेको केयर रेटिङ नेपालका अनुसार सो कम्पनीले केयर एनपी आइपिओ ग्रेड पाँच पाएको छ । त्यो भनेको कम्पनीको आर्थिक अवस्था कमजोर रहेको भन्ने हो । कम्पनीले रु नौ करोड बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । त्यसका लागि नेपाल धितोपत्र बोर्डमा साधारण शेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई रु तीन करोड बराबरको साधारण शेयर बिक्री गर्नेछ । कम्पनीले बागलुङको दरमखोलामा नदी प्रवाहमा आधारित दुई दशमलव पाँच मेगावाट क्षमताको दरमखोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । आयोजनाबाट वार्षिक १३ दशमलव ४८ गिगावाट घण्टा ऊर्जा उत्पादन गरेको छ । कम्पनीले निर्माण गरेको आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हरिचौर सवस्टेशनमा जोडिने बताइए पनि सो सवस्टेशनको काम नसकिँदा समस्या परेको छ । जसका कारण कम्पनीको आम्दानी सोचेअनुसार हुन नसकेको देखिन्छ । सो आयोजनामा गैरआवासीय नेपालीको समेत लगानी रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

शिक्षा
स्नातक तहको विभिन्न संकायको विभिन्न सेमेष्टरको नतिजा प्रकाशित [नतिजासहित]
स्नातक चौथो वर्षको समयतालिका प्रकाशित [तालिकासहित]
आयो कक्षा ८ को परीक्षा रुटिन
स्नातक प्रथम वर्षको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तह दोस्रो सेमेष्टरको परीक्षा फारम सम्बन्धि विशेष सूचना
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !