काठमाण्डौं । मुलुकको शान्ति सुरक्षा कायम गर्न अर्ध सैनिक बलकारूपमा स्थापना भएको सशस्त्र प्रहरी बलमा पछिल्ला दिनमा भ्रष्टाचार डरलाग्दो गरी मौलाईरहेको छ । समाचारअनुसार एक वर्षअघि गरिएको बोलपत्र आह्वान अनुरुपका मालसमान ठेकेदारबाट बुझि भण्डारण गर्ने प्रक्रियामा यसरी भ्रष्टाचार भईरहेको बताइएको छ । सशस्त्र प्रहरी बलले गत वर्ष माघ ५ गते गोरखापत्रमा आफूलाई आवश्यक समाग्री खरीदका लागि वोलपत्र माग गरेको थियो । विभिन्न १६ प्रकारका समान खरिदका लागि गरिएको बोलपत्रमा प्रतिस्पर्धामार्फत नौ वटा कम्पनीले ठेक्का अनुमति पाएका थिए । त्यसरी ठेक्का पाएका फर्महरूबाट तयार गरिएका समाग्रीहरूको परीक्षणमापनका क्रममा सशस्त्रका अधिकारी र गुणस्तर तथा नापतौल बिभागका कर्मचारीले मिलेमतो गरी भ्रष्टाचार गरेको बताइएको छ ।


उक्त बोलपत्रमा कम्ब्याक्ट ड्रेस चुस्ता प्रतिजोर २१ सय ९७ का दरले ४० हजार थान खरिदका लागि समृद्धि ट्रेड इन्टरनेशनलसहितलाई, १८ सय १० का दरले ३५ हजार जोर बुट र ८ सय ४७ का दरले उनी गञ्जी र कट्टु ३७ हजार जोर खरिदका लागि जयसलिना ईन्टरप्राईजेजलाई अनुमति दिईएको थियो । त्यसैगरी रुक्स्याक व्याग १९ सय ३० प्रति थानका दरले १० हजार र एक थानको १५ सय १० रुपैंया ५० पैसाका दरले ५५ सय थान स्लिपिङ व्याग खरिदका लागि आयुषा व्याग उद्योगलाई, प्रति थान ४ सय ५० का दरले ३७ हजार थान झुल खरिदका लागि स्प्रिङ इन्टरनेशनल प्रालिलाई, २ सय ७० प्रतिथानका दरले ३५ हजार थान व्यारेट क्याप खरीद गर्न एशियन इन्टरनेशनल बिजनेशलाई, ११ सय ४० प्रतिथानका दरले १६ सय जोर टपबुट खरिदका लागि क्रोनवाल बिजनेश ट्रेडसलाई अनुमति दिईएको थियो । त्यस्तै ३ सय ५१ प्रति मिटरका दरले २८ हजार मिटर टेरिकटनको पाईन्ट कपडा खरिद गर्न प्लस प्वाईन्ट टे«डिङलाई ९ सय ९३ प्रति थानका दरले ७ हजार थान जर्सी, १ सय ९१ प्रति मिटरका दरले ३५ हजार मिटर टेरिकटन सर्ट र ९ सय ९३ प्रति मिटरका दरले उलन पाईन्ट कपडा खरिदका लागि क्राउन टेक्सटाईल्सलाई जिम्मा दिएको थियो ।

यता ५ सय ८९ प्रतिमिटरका दरले ३५ हजार मिटर उलन सर्ट, ४ हजार ४ सय ९० प्रति जोरका दरले दुई हजार जोर स्नो बुट, चार हजार ६ सय ८५ प्रति थानका दरले दुई हजार थान स्नो पार्कर ज्याकेट, प्रतिथान ५ हजार दुई सयका दरले दुई हजार थान स्नो स्लिपिङ व्याग खरिदका लागि क्यामोफ्ल्याग नेपाल ट्रेडिङले अनुमति पाएका थिए । गत बर्षको फागुण १६ गते सामान आपुर्ति गर्नको लागि आशय पाएका ती फर्म तथा व्यवसायीहरुसँग सशस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाललगायतका उनि निकटस्थ उच्च अधिकारीहरुले मिलेमतो गरी ठुलो घोटाला गरिरहेको समाचारस्रोतको दावी छ । ती सामानको यसअघि बिदेशका ल्यावमा गुणस्तर मापन परिक्षण गर्ने गरिएकोमा यसपटक नेपाल सरकारकै गुणस्तर तथा नापतौल बिभागमा समेत ठुलो चलखेल गरी गुणस्तर मापन पास गराइएको बताइएको छ । गुणस्तर मापनका लागि बिभागका महानिर्देशक बिश्वबाबु पुडासैनी तथा प्राविधिक अधिकृत सुशिल शाह, किरण सुवेदी तथा ठेकेदार ज्ञानेन्द्र बस्नेतले ठुलो चलखेल गरेका थिए ।

करीब ६० करोड मुल्य बराबरका १६ प्रकारका सामान गुणस्तर मापनमा पास गराई भण्डारण गर्दा ठुलो धनराशी कमिशन हात लागि हुने भएकोले शसस्त्र महानिरिक्षक खनाल र गुणस्तरका महानिर्देक पुडासैनीले मिलेमतोमा पास गराइरहेको बताइएको छ । यसमा शसस्त्रकै कल्याण हेर्दै हाल बजेटमा पुगेर्का डिएसपी पुर्ण साउद र लेखा अधिकृत गणेश मल्लले लाईन मिलाएको समाचारस्रोत बताउँछ । यसरी सामान गुणस्तर परिक्षणका क्रममा केहि सामान परिक्षण पास गराई त्यही लटमा झट्ट हेर्दा दुरुस्तै देखिने कमसल सामान हालेर भण्डारण गर्ने गरिएको समाचारस्रोतले बतायो । यसबारेमा अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्रले सशस्त्रको भण्डारण शाखामा छानवीन गर्ने हो भने सत्य, तथ्य हात लाग्छ, ‘समाचारस्रोत भन्छ– हामीले अख्तियार तथा सर्तकता केन्द्र गुहारेका छौं ।’

सम्बन्धित खबरहरु