मिटरमा नजाने दर्जनौँ ट्याक्सीलाई गरियो यस्तो कारवाहीमा


काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३२ ट्याक्सीलाई कारवाही गरेको छ । महाशाखाले उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणलाई विभिन्न बहाना बनाई मिटरमा जान नमान्ने, मिटरमा उठेको भन्दा बढी भाडा लिने ट्याक्सीलाई आज कारवाही गरेको हो । महाशाखा प्रमुख वसन्तकुमार पन्तले यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने, बिग्रेको मिटर नबनाउने ट्याक्सीलाई विशेष अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ६० अनुसार पाँच पटकभन्दा बढी कसुर गरेमा छ महीनासम्म सवारी चालक अनुमतिपत्र निलम्बन हुने व्यवस्था भएकाले त्यसलाई कडाइका साथ लागू गर्ने उहाँले बताउनुभयो । महाशाखाले बढी भाडा लिने ट्याक्सी चालकलाई महाशाखाको हटलाइन १०३ वा ९८५१२९५१०० मा एसएमएस वा फोन गर्न यात्रुलाई आग्रहसमेत गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

शिक्षा
स्नातक चौथो वर्षको समयतालिका प्रकाशित [तालिकासहित]
आयो कक्षा ८ को परीक्षा रुटिन
स्नातक प्रथम वर्षको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तह दोस्रो सेमेष्टरको परीक्षा फारम सम्बन्धि विशेष सूचना
ओली सरकारले देशभरीका स्रोत व्यक्तिलाई यसरी शिक्षकमा समायोजन गर्ने
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !