रुपन्देहीमा ५ बर्षीया बालिकामाथि सामूहिक बलात्कार गर्न ४ युवा खनिएपछि…


बुटवल । रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि आज बेलुकी करीब ७ बजे सामूहिक बलात्कारको प्रयास भएको छ । देवदह नगरपालिका–५ पानबारी नजिकै स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको हो । बालिका बलात्कार गरेको आशङ्कामा स्थानीय चार युवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय देवदहका प्रहरी सहायक निरीक्षक भरत थापाले जानकारी दिनुभयो । पीडित बालिकाको यौनाङ्गबाट रगत बगिरहेको र उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा पठाइएको समेत प्रसनि थापाले जानकारी दिनुभयो । पक्राउ परेका पाँच जनालाई नै हिरासतमा राखी अनुसन्धान थालिएको समेत उहाँले जानकारी दिनुभयो ।

पीडित बालिकाकी आमा माइतीमा सुत्केरी बस्न गएकी र बाबुसमेत सुत्केरी श्रीमती भेट्न गएको अवस्थामा घरमा वृद्ध बाजेबजैसँग रहेकी बालिकामाथि घटना भएको देवदह नगरपालिकाका प्रमुख हीराबहादुर केसीले बताउनुभयो । बालिका बेलुका घरमा नदेखेपछि बाजेले खोज्दै जाँदा केही पर पक्राउ परेका युवकसँगै चिच्याइरहेको अवस्थामा फेला परेको स्थानीयको भनाइ उद्धृत गर्दै नगर प्रमुख केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

शिक्षा
स्नातक तहको विभिन्न संकायको विभिन्न सेमेष्टरको नतिजा प्रकाशित [नतिजासहित]
स्नातक चौथो वर्षको समयतालिका प्रकाशित [तालिकासहित]
आयो कक्षा ८ को परीक्षा रुटिन
स्नातक प्रथम वर्षको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तह दोस्रो सेमेष्टरको परीक्षा फारम सम्बन्धि विशेष सूचना
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !