एजेन्सी । आज ६८ औ विश्व सुन्दरी छानिनेछिन् । जसमा नेपालकी छोरीपनि पर्न सक्छिन् । विश्व सुन्दरीहरुको दौंडमा नेपाली चेली श्रृङ्खला खतिवडा सबैंभन्दा अगाडी छिन् । चीनको सान्या शहरमा जारी मिस वर्ल्ड प्रतियोगिताबाट आज ६८ औ विश्व सुन्दरी छानिनेछिन् । नयाँ विश्व सुन्दरीलाई ताज पहिराउन अघिल्लो बर्षकी विश्व सुन्दरी भारतकी मानुषी छिल्लर चीन पुगेकी छिन् ।

उनले आफ्नो ताज नयाँ मिस वल्र्डलाई पास गरि दिनेछिन् । ८ डिसेम्वर आज विश्व सुन्दरी प्रतियोगिताको फाइनल राउन्ड हो । दिउँसो साढे चार बजेदेखि राउन्ड सुरु हुने भएको छ । जसको सिधा प्रशारण रोमेडी नाउ चैनलले गर्ने भएको छ । फाइनल राउन्डमा नेपाल, चिली, फ्रांस, बांग्लादेश, जापान, मलेशिया, मॉरिशस, मेक्सिको, न्यूजीलैंड, सिंगापुर, थाइलैंड, युगांडा, अमेरिका, वेनेजुएला, वियतनाम र भारतकी युवतीहरुले प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

सम्बन्धित खबरहरु