काठमाडौ । रेडियोमा समाचार वाचन गर्दै गायिका , गीत संगीतमा समय व्यतित गर्दै गर्दा नायिका अनि अहिले राष्ट्रियसभाकी सदस्य कोमल वलीको चर्चा सुरु देखि नैं भइरहेको छ । उनी एकसमय राजा निकट थिइन उनले राप्रपामा गएको कुरा पनि एकदमैं चर्चामा रहेको थियो । उनी राप्रपामा गएपछि अभिनेत्री रेखा थापा पनि उनीसँगैं गएकी थिइन । राजनीतिमा स्थिरता भन्ने कुरा हुँदैन उनले विस्तारैं सबैं कुरा त्याग गर्दै अहिले सांसद बन्न पुगिन र अहिले सत्तापक्षको खुलेरैं तारिफ गर्ने समय वलीसँग रहेको छ । उनले वर्तमान सरकारले देशमा सुशासन कामय गरेको दावी गरेकी छिन् ।

कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै वलीले केपी ओलीको नेतृत्वमा सरकार गठन भएपछि देशको बेथिती अन्त्य हुदै गएको जिकिर गरिन् । वलीले भ्रष्टाचारीलाई सरकारले धमाधम कारबाही गरिरहेकोसमेत बताइन् । उनले वाइड बडी विमान खरिद प्रकरणमा दोषीलाई कारबाही गरिने आश्वासन दिएकी छिन् । वलीले काठमाण्डौमा सम्पन्न एसिया प्यासिफिक समिटमा सरकारको सहभागिलाई लिएर भएको आलोचना अनावश्यक भएको बताएकी छिन् । देशका गरिब जनताको पार्टी भएकाले आफ” नेकपामा आवद्ध भएको पनि प्रष्ट पारिन् ।

एक फरक प्रशंगमा पार्टी भित्र रहेका सबैं नेताहरु आफ्ना प्यारो भएको भन्दैं विवाहको कुरालाई टाल्न खोज्दैं थिइन । तर पत्रकार धमलाले कर गरेपछि उनले आफुलाई नारायणकाजी श्रेष्ठ अविवाहित भएको कुरा जानकारी नभएको जनाइन । उनले आफुलाई नारायणकाजी एकदमैं मनपर्ने विद्धान व्यक्ति जस्तो लाग्ने भन्दैं खुलेरैं तारिफ गर्न भ्याएकी थिइन । अन्य पार्टी नेर्ता कार्यकताको नजरमा पनि श्रेष्ठ स्पष्ट धारणा भएको व्यक्ति लाग्छ । उनले आफ्नो व्यक्तिगत कुरा छोडेर देश र जनताको कुरा गर्न धमलालाई कार्यक्रम अवधिभर दवाव बनाईरहेको देख्न सकिन्छ । आफ्नो विहेको प्रसंगमा पनि वलीले केही रहस्य खोलेकी छिन् । पुरा भिडियो हेर्न यहाँ थिच्नुहोस्

सम्बन्धित खबरहरु