काठमाडौ । ठण्डी मौसम शुरु भएको छ । यो समय ख्याल गरेन भने शरिरमा नकारात्मक असर पर्दछ ।

गलत असरबाट बच्ने हो भने आज हामी तपाईका लागि अति उपयुक्त कुराको जानकारी दिँदैछौ । बदाम हाम्रो देशमापनि सजिलै पाईने खाद्य बस्तु हो ।

यो खनिजको स्रोत हो । यसमा प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । जाडोयाममा धेरैले बदाम खान रुचाउँछन् । दैनिक रूपमा बदाम सेवन गर्नु स्वास्थ्यका लागि एकदमै लाभदायी हुन्छ ।

बदाममा उच्च मात्रामा चिल्लो पदार्थ हुने भए पनि यो प्रोटिन तथा फाइबरको राम्रो स्रोत हो, जसमा शरीरका लागि आवश्यक खनिज तत्व भरिपूर्ण हुन्छ । त्यसैगरी ओखर, पिकानलगायतका अन्य बदामले क्यान्सर रोगविरुद्ध लड्ने एन्टिअक्सिडेन्टको काम गर्छ ।

रोग प्रतिरोधात्मक शक्ति बढाउँछ : नियमित बदाम खाँदा मुटुसम्बन्धी समस्याबाट बच्न सकिन्छ । बदाम खाने व्यक्तिमा डिप्रेसनको समस्या एकदम न्यून हुन्छ । यस्तै, बदाममा पाइने फाइलोस्टेरोल नामक तत्वले ट्युमरलाई नियन्त्रण गर्नुका साथै क्यान्सर हुनबाट जोगाउँछ । हप्तामा दुईपटक बदाम खाने महिलामा ५८ प्रतिशत र पुरुषमा २७ प्रतिशत कोलोन क्यान्सरको खतरा कम हुन्छ ।

भिटामिन सी : बदामको दैनिक सेवनले रुघाखोकीको जोखिम कम रहन्छ । यसका साथै भिटामिन सीका कारण घाँटीमा हुने खसखस र सुक्खा हुनबाट बचाउँछ ।

तौल नियन्त्रण : बदाम खाँदा पेट डुम्म हुने भएकाले अन्य क्यालोरीयुक्त खानेकुरा खान मन लाग्दैन । खानामा कमी आउनासाथ मोटोपना नियन्त्रण गर्न सकिन्छ ।

डायबिटिजबाट जोगाउँछ : म्याग्नेसियमका कारण बदाम शरीरमा उचित मात्रामा ब्लडसुगर तह कायम राख्न फाइदाजनक मानिन्छ, जसले डायबिटिजको समस्याबाट जोगाउँछ ।

छालामा चमक ल्याउँछ : बदाममा हुने मोनोस्याचुरेटेड फ्याट र रिजैभेट्रोल तत्वले छालालाई चम्किलो बनाउँछ । यस्तै, पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई फ्रलस गरी नरम र चम्किलो बनाउँछ ।

प्रजनन क्षमता बढाउँछ : बदाममा प्रशस्त मात्रामा फोलिक एसिड रहेको हुन्छ । यसले महिलामा प्रजनन क्षमता बढाउँछ । यसका साथै गर्भमा रहेको शिशुको विकासमा पनि ठूलो भूमिका खेल्छ । एजेन्सी

 

सम्बन्धित खबरहरु